Kathmandu Press

फ्रान्समा एक महिनाका लागि लकडाउन  घोषणा

काठमाडौं, कात्तिक १३ : युरोपमा कोरोना संक्रमणको दोस्रो लहर बढेपछि फ्रान्सले देशभर दोस्रोपटक लकडाउन गरेको छ । शुक्रबार फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले राष्ट्रको नाममा...
फ्रान्समा एक महिनाका लागि लकडाउन  घोषणा
Hardik ivfHardik ivf

काठमाडौं, कात्तिक १३ : युरोपमा कोरोना संक्रमणको दोस्रो लहर बढेपछि फ्रान्सले देशभर दोस्रोपटक लकडाउन गरेको छ । 

शुक्रबार फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले राष्ट्रको नाममा सम्बोधन गर्दै देशभर लकडाउन लागु हुने घोषणा गरेका हुन् । लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन निर्देशन गरिएको छ। 

स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने छन् । रेष्टुरेन्ट्स, बार जस्ता व्यवसाय बन्द रहने छन् ।

फ्रान्समा कोरोना संक्रमणका कारण हुने मृत्युको आँकडा अप्रिल महिनापछि सबैभन्दा उच्चस्तरमा पुगेको छ । मंगलबार मात्रै ३३ हजार नयाँ संक्रमित थपिएका छन् ।

राष्ट्रपति म्याक्रोनले देशमा कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगिसकेको बताउँदै यो पहिलेको भन्दा पनि खतरनाक हुनेमा कुनै शंका नरहेको बताए ।

धेरै युरोपेली देशहरुमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा बढ्दै गएको छ । धेरै देशहरुले रात्रिकालीन कर्फ्युको सामना गरिरहेका छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति म्याक्रोनले महामारीलाई तुरुन्त रोक्नका लागि कठोर बन्नुपर्ने बताए । सम्बोधनको क्रममा म्याक्रोनले फ्रान्सका अस्पतालका सबै आईसीयू बेड बिरामीले भरिएको जानकारी दिए ।
 

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, कात्तिक १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्