विश्वभर कोरोनाबाट ४ करोड संक्रमित, झण्डै ३ करोड निको भए
काठमाडौं, कात्तिक २ : कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ ।वल्डोमिर्टसको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु...
काठमाडौं, कात्तिक २ : कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ ।
वल्डोमिर्टसको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख १४ हजार ५७८ पुगेको हो । पछिल्लो २४ घण्टामा ६ हजार ६५९ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ७२ हजार १२० जना नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ३८ हजार ५६५ पुगेको छ । यसै विश्वभर हालसम्म २ करोड ९८ लाख ७४ हजार वढी संक्रमित उपचारपछि निको भईसकेका छन् ।
यस्तै ८९ लाख भन्दा वढी संक्रमित उपचाररच रहेका छन् जसमध्ये ७१ हजारको अवस्था गम्भीर रहेको छ ।
प्रकाशित मिति: १३:४७ बजे, आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार