Kathmandu Press

९० करोड अन्तःशुल्क नतिरे गोर्खा ब्रुअरीको वियर बजारमा जान नपाउने

आन्तरिक राजश्व विभागले ‘गुणस्तर नपुगेको भन्दै वियरबाट लोकल रक्सी’मा घटुवा गरेको गोर्खा ब्रुअरीले ९० करोड नयाँ दर अनुसारको अन्तःशुल्क चुक्ता नगरेसम्म बजारमा लैजान रोक लगाएको छ।
९० करोड अन्तःशुल्क नतिरे गोर्खा ब्रुअरीको वियर बजारमा जान नपाउने

काठमाडौं, असोज ३० : आन्तरिक राजश्व विभागले ‘गुणस्तर नपुगेको भन्दै वियरबाट लोकल रक्सी’मा घटुवा गरेको गोर्खा ब्रुअरीले ९० करोड नयाँ दर अनुसारको अन्तःशुल्क चुक्ता नगरेसम्म बजारमा लैजान रोक लगाएको छ।

विभागको निर्णयले विगत एक हप्तादेखि गोर्खा ब्रुअरीका वियर बजारमा गएका छैनन्। गोर्खा ब्रुअरीका सानमिगल, टुबोर्ग, गोर्खा र काल्सबर्गका ४ लाख ३७ हजार बक्स गोदाममा छ।

विभागले वियरको गुणस्तर नपुगेर थप गरेको अन्तःशुल्कसहितको रकम चुक्ता गरेपछि मात्रै बजारमा लैजान अनुमति दिने शर्तसहितको पत्र पठाएको छ।

Hardik ivf

‘५० प्रतिशतभन्दा कम जौको मात्रा भएको वियरलाई लोकल रक्सीको श्रेणीमा राख्ने र अन्तःशुल्क प्रतिलिटर ४ सय २३ रुपैयाँ नतिरेसम्म बजारमा लैजान रोक लगाएका छौँ,’ विभागका सूचना अधिकारी अर्जुन ढकालले भने।

विभागले गुणस्तर खस्किएपछि सोही अनुसार अन्तःशुल्क तिर्नुपर्ने भन्दै यो निर्णयमा परिवर्तन हुन नसक्ने अडान राख्दै आएको छ। कानून अनुसार ५० प्रतिशतभन्दा कम जौको मात्रा भएको माल्टको अन्तःशुल्क लोकल रक्सी सरह प्रतिलिटर ४ सय २३ रुपैयाँ लाग्छ। 

५० प्रतिशतभन्दा बढी जौको मात्रा भएको वियरमा अन्तःशुल्क प्रतिलिटर १ सय ६५ रुपैयाँमात्रै लाग्छ। यसअघि १ सय ६५ रुपैयाँ तिरेर बजारमा गएका  गोर्खा  ब्रुअरीका ति वियर अब भने स्थानीय रक्सीलाई लाग्ने सरहको अन्तःशुल्कको समूहमा परेकाले बढी तिर्नुपर्ने भएको हो।

यो पनि : गोर्खा ब्रुअरीका काल्सवर्ग, टुबोर्ग, गोर्खा र सानमिगल वियरको गुणस्तर लोकल रक्सी सरह भएको विभागको ठहर

गोदाम भण्डारमा रहेका ४ लाख ३७ हजार बक्स वियरमा आन्तरिक राजश्व विभागले अनुगमन पछि गुणस्तर घटेकाले उच्च अन्तःशुल्क लगाउने निर्णय गरेको हो। 

गोर्खा ब्रुअरीले भने अन्तःशुल्कमा असन्तुष्टि जनाउँदै आएको छ। उसले थप अन्तःशुल्क नतिर्ने भन्दै ‘मिलाउन’ उच्च अधिकारी र नेताहरुसँग भेटेर लविङ गरिरहेको छ। 

सन् १९८९ मा खेतान समूह र काल्सबर्ग समूहको संयुक्त लगानीमा गोर्खा ब्रुअरी सुरु भएको हो। सन् २०१० देखि काल्सबर्ग समूहले अधिकांश शेयर खरिद गरेर व्यवस्थापन सम्हाल्दै आएको छ।
 

प्रकाशित मिति: २३:४७ बजे, शुक्रबार, असोज ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्