Kathmandu Press

टुकुचा मिचेर बनाइएको संचरना नभत्काउन उच्च अदालतको अन्तरकालीन आदेश 

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । 
टुकुचा मिचेर बनाइएको संचरना नभत्काउन उच्च अदालतको अन्तरकालीन आदेश 

काठमाडौं, असोज २ : उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । 

Hardik ivf

काठमाडौं महानगरपालिकाले टुकुचा खोलाको खोजी गर्दै खोला मिचेर बनाइएको संरचना धमाधम भत्काउन सुरु गरेपछि प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले उच्च अदालतमा रिट दायर गरेका थिए । 

रिटको सुनुवाईका क्रममा उच्च अदालतले प्रक्रियाबमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन आदेश दिएको हो । अदालतले दुबै पक्षलाई छलफलका लागि असोज ५ गते बोलाएको छ । 

महानगरले जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । महानगरले टुकुचा खोला मिच्ने संरचनाको सूची समेत तयार पारिसकेको छ ।  

प्रकाशित मिति: १७:११ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्