Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११  निर्णयहरु

काठमाडौं, असोज २ : सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गरेको छ ।मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११  निर्णयहरु

काठमाडौं, असोज २ : सरकारले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गरेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र स्वीकृत गर्दै संस्थान सुझावसम्बन्धी समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए। 

बैठकले कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपञ्छी बिकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै कार्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९० औं महासभामा सहभागी हुन प्रहरी महानिरिक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

Hardik ivf

मन्त्रीपरिषद्ले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भीक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले मन्त्रीपरिषद्को यसअघि २०७७ साल कार्तिक २७ को निर्णय बमोजिम विराटनगर बिमानस्थलका लागि १२६ दशमलव ४६ विधा जग्गा अधिग्रहण गर्न नागरिक उड्ययन प्राधिकरणलाई स्वीकृती प्रदान गर्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको छ ।

यी हुन १२ निर्णय : 

१. नेपालको संविधानको धारा ५३ को उपधारा २ बमोजिम संघीय संसदको दुबै सदनको चालु अधिवेशन २०७९ साल असोज १ गते शनिबार राती १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने । 

२. सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणापत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने । 

३. विद्युतसम्बन्धी कानुनलाई संसोधन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिन स्वीकृत दिने ।

४. विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने । 

५. कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव श्री कालीप्रसाद पराजुलीलाई तोक्ने। 

६. २०७९ साल कात्र्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुन गइरहेको इन्टरपोलको ९० औं महासभामा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई सहभागी हुन स्वीकृती दिने ।

७. संयुक्त अधिराज्यका महारानी एलिजावेथ द्धितियाको १९ सेप्टेम्बर २०२२ हुने राजकीय अन्त्यष्टिमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने । 

८. राष्ट्रिय भूमि आयोगका सदस्यहरुमा नवलपरासी (पश्चिम) पालिननन्दन गाउँपालिकाका सुदर्शन थरुवारलाई नवलपरासी पश्चिमको र पोखरा नगरपालिका–९ का सोमबहादुर नेपालीलाई कास्की जिल्ला समितिको विज्ञ सदस्य पदमा नियुक्त गर्ने ।

९. कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारणलाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने। 

१०. २०७९ कार्तिक ८ र ९ मा जेनेभामा आयोजना हुने कमिशन अन साइन्स एन्ड टेक्नोलोजी फर डेभलपमेन्ट इन्टरसेसनल प्लान मिटिङमा सहभागी हुन सचिव (विज्ञान तथा प्रविधि) लाई भाग लिन स्वीकृति दिने । 

११. नेपाल सरकारको मन्त्रिपरिषद्को २०७७ कार्तिक २७ को निर्णयबमोजिम विराटनगर विमानस्थलका लागि १२६.४६ विघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृत प्रदान गर्ने भन्ने निर्णय भएकोमा उक्त जग्गा प्राप्त नगर्ने २०७९ साल भदौ २१ गतेको निर्णयमा छुट भएको सहीद दशरथचन्द स्वास्थ्य शिक्षा प्रतिष्ठान सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्विकृती दिने । 
 

प्रकाशित मिति: १७:५८ बजे, आइतबार, असोज २, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्