सुपथ मूल्य पसलमा प्रतिकेजी ७ देखि १० रुपैयाँसम्म छुट, कहाँकहाँ छन् बिक्रीकेन्द्र ?
काठमाडौं असोज २ : २०७९ को ‘पर्वाेत्सव’ अन्र्तगत सुपथ मुल्य पसलमा खाद्यान्न खरिदमा प्रतिकेजी ७ देखि १० रुपैयाँसम्म छुट दिने भएको छ । खाद्य व्यवस्था...
काठमाडौं असोज २ : २०७९ को ‘पर्वाेत्सव’ अन्र्तगत सुपथ मुल्य पसलमा खाद्यान्न खरिदमा प्रतिकेजी ७ देखि १० रुपैयाँसम्म छुट दिने भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ०७९ असोज १ देखि कात्तिक १५ गतेसम्म सञ्चालन गरेको सुपथ मुल्य पसलबाट सामान किन्ने ग्राहकले छुट पाउनेछन्।
लिमिटेडले उपत्यकाका ४ स्थानमा विक्रीकेन्द्र तोकेको छ । थापाथली, रामशाहपथ, नख्खु र सुर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन गरिने लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने (सुवेदी(ले जानकारी दिइन् । उपत्यका बाहिर पनि विभिन्न ३८ जिल्लामा ४१ विक्री केन्द्र तोकेर सुपथ मूल्य पसल सञ्चालन गरिने न्यौपानेले जानकारी दिइन् ।
न्यौपानेका अनुसार, विभिन्न प्रकारका चामलहरुमा प्रति केजी ७ रुपैयाँ, कर्णालीको सिमीमा प्रतिकेजी १० रुपैयाँ, विभिन्न प्रकारका दालमा प्रति केजी ७ रुपैयाँ, विभिन्न प्रकारको तेलमा प्रति केजी (प्रतिलिटर) ७ रुपैयाँ, अन्य खाद्य बस्तुहरु जस्तै गहुँ, पिठो, चिउरा, प्रति केजी ७ रुपैयाँ, जिउँदो खसी बोका च्याङ्गा प्रतिकेजी १० रुपैयाँ छुट दिइने व्यवस्था गरिएको छ ।
सुपथ मूल्य पसलमा ग्यास सिलिण्डर सहित इन्डक्सन चुलोे समेत राखिने उनको भनाइ छ ।













-(7)-1765197040.jpg)