Kathmandu Press

विरोधमा उत्रिएपछि होल्डिङ सेन्टरमा सुकुमवासीलाई दिन थालियो खाना

सरकारले दसैंदेखि नै खाना कटौती गरेको र त्यसपछि शान्ति सेवा गृह नामक संस्थाले उनीहरुलाई खाना दिँदै आएको थियो। तर, शुक्रबार देखि भने खाना रोकिएको थियो।
विरोधमा उत्रिएपछि होल्डिङ सेन्टरमा सुकुमवासीलाई दिन थालियो खाना

काठमाडौं, मंसिर १३ : भक्तपुर बोडेस्थित कृषि विकास बैंकको भवनमा बसिरहेका सुकुमवासीलाई खानाको व्यवस्था फेरि सुरु गरिएको छ।

शुक्रबार दिउँसो २ बजेसम्म अस्थायी सेल्टर छाड्न प्रशासनले उर्दी जारी गर्दै सरकारले त्यहाँ खाना कटौती गरेको थियो।

यता, सरकारले दसैंदेखि नै खाना कटौती गरेको र त्यसपछि शान्ति सेवा गृह नामक संस्थाले उनीहरुलाई खाना दिँदै आएको थियो। तर, शुक्रबार देखि भने खाना रोकिएको थियो।

त्यसपछि सुकुमवासीले बसोबासको व्यवस्था नहुँदासम्म भवन नछाड्ने अडान लिँदै विरोध प्रदर्शन गरेका थिए। सुकुमवासीहरू थाल ठटाएर प्रदर्शनमा उत्रिएका थिए।

बोडेस्थित कृषि विकास बैंकको भवनमा १९ परिवारका ५७ जना सुकुमवासी बस्दै आएका छन्। 

प्रकाशित मिति: १७:२९ बजे, आइतबार, मंसिर १३, २०८३