Kathmandu Press

यात्रुको संख्या बढेपछि भरतपुरमा दैनिक पाँच उडान

चितवन, असोज १५ : भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ। यात्रुको संख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको...
यात्रुको संख्या बढेपछि भरतपुरमा दैनिक पाँच उडान

चितवन, असोज १५ : भरतपुर विमानस्थलमा दैनिक पाँच आन्तरिक उडान हुन थालेको छ। यात्रुको संख्या बढ्न थालेपछि उडान हुने जहाजको सङ्ख्या पनि थपिएको छ। 

भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख योगेन्द्र कुँवरले आजदेखि दुई एयरलायन्सले दैनिक छ उडानको तालिका बनाएको बताए। उनले भने, ‘बुद्ध र यति एयरलाइन्सले आजदेखि तीन÷तीन उडान भर्ने तालिका बनाएका छन्, यात्रुको सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ।’ यति एयरलायन्सले दुई मात्र उडान भर्ने जनाएको छ। भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान सुरु भएको थियो। सुरुमा दैनिक चार उडान भएको थियो। ‘यात्रुको चाप बढ्नु राम्रो सङ्केत हो,’ कुँवरले भने, ‘अहिलेको स्थिति यथावत रहिरहे दशैँसम्म पुरानै अवस्थामा आन्तरिक उडान फर्कंने छ।’ 

Hardik ivf

बुद्धएयर भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले यात्रुको चाप बढेपछि बुधबारदेखि एउटा उडान थपिएको बताए। ‘जहाजमा यात्रुको सङ्ख्या भरिभराउ नै छ,’ उनले भने, ‘कोभिडसम्बन्धी सबै सावधानी अपनाएर उडान भरिरहेका छौँ।’ बुद्धको भरतपुर पोखरा उडान भने तत्काल सञ्चालनमा नआउने उनले जानकारी दिए।

यती एयर भरतपुरका स्टेसन इञ्चार्ज अनुप ढकालले जहाज ३० सिट क्षमताको भए पनि स्वास्थ्य सुरक्षा मापदण्डको हिसाबले २० देखि २५ जनामात्रै उडाउने गरेको बताए। काठमाडौँबाट आउनेभन्दा पनि जाने यात्रुको सङ्ख्या बढिरहेको उनले बताए। ‘उडान हामीले सोचेभन्दा राम्रो छ,’ उनले भने, ‘पारिवारिक सदस्यलाई मात्र सँगै बस्न दिएका छौँ, अन्यलाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरेका छौँ।’ छ महिनासम्म उडान नहुँदा चितवनको पर्यटन क्षेत्र बढी प्रभावित भएको छ। सामान्य अवस्थामा दैनिक १३ वटासम्म उडान हुने गरेको थियो।

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, असोज १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्