Kathmandu Press

सुनकोसी गाउँपालिकामा मरे ५० बाख्रा

सिन्धुपाल्चोक, असोज ११ : सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन्।  बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका...
सुनकोसी गाउँपालिकामा मरे ५० बाख्रा

सिन्धुपाल्चोक, असोज ११ : सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन्।  बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन्।

पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीय सानु तिमल्सिनाले बताइन्ु। ‘कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ,’  तिमल्सिनाले भनिन्। ‘गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन।’ पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उनले गुनासो गरिन्।

Hardik ivf

गाउँपालिकाले सबै वडामा गरी नौ  गाउँ प्रहरी राखे पनि  किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन। गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन्। पछिल्लो दुई सातामा कापिङमा स्थानीय सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ। ‘मेरो आफ्नै खोरका नौ वटा बाख्रा मरिसकेको छ,’ सानुले भनिन्।

स्थानीयवासीले पशु चिकित्सक पठाइदिन पटक पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट दुई चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र  कापिङ क्षेत्रमा पठाएको उनले बताइन्। परीक्षण गर्दा रोग पहिचान नभएको र पिपिआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताए।

प्रकाशित मिति: २३:३१ बजे, आइतबार, असोज ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्