Kathmandu Press

नबिल बैंकले ल्यायो नबिल ग्रिन पिन सेवा

काठमाडौं, असोज ९ : नबिल बैंकले ग्राहको सुविधाका लागि नबिल ग्रिन पिन सेवा सुरु गरेको छ।यसबाट ग्राहकले डेविट, क्रेडिट र प्रिपेड कार्डको पिन...
नबिल बैंकले ल्यायो नबिल ग्रिन पिन सेवा

काठमाडौं, असोज ९ : नबिल बैंकले ग्राहको सुविधाका लागि नबिल ग्रिन पिन सेवा सुरु गरेको छ।

यसबाट ग्राहकले डेविट, क्रेडिट र प्रिपेड कार्डको पिन सजिलै सेट वा रिसेट गर्नसक्नेछन्। कुनै पनि एटीएमबाट यो सुविधा लिन सकिने नबिलले जनाएको छ।

Hardik ivf

यो सुविधाबाट ग्राहकले नयाँ पिन सेट गर्न र पूरानो बिर्सिएको पिन रिसेट गर्न सकिनेछ। अब पिन रिसेट गर्न बैंकमा आएर निवेदन दिनु नपर्ने बैंकका नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए। नबिल बैंकको एटिएमबाट यो काम गर्न सकिने उनले बताए। यस अघि पिन सेट वा रिसेट गर्न बैंकमा गएर निवेदन दिनुपर्थ्याे।

यसका लागि नबिल बैंकको एटीएममा कार्ड मेसिनमा राखेपछि ‘जेनेरेट ओटीपी फर पिन' मेनु थिच्नुपर्नेछ। त्यसपछि २४ घन्टा म्याद रहेको ओटीपी नम्बर बैंकमा दर्ता भएको मोबाइलमा एसएमएस पाइनेछ।

त्यसका आधारमा ‘इन्टर ओटीपी टु चेन्ज योर पिन' मेनु छनौट गरि प्राप्त भएको ओटीपी राखेर पिन सेट वा रिसेट गर्न सकिने बैंकले जनाएको छ।

 

प्रकाशित मिति: १८:१८ बजे, शुक्रबार, असोज ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्