Kathmandu Press

प्रदेश ५ : प्रदेशसभाको बैठक असोज ६ का लागि बोलाइयो

प्रदेश ५ : प्रदेशसभाको बैठक असोज ६ का लागि बोलाइयो

बुटवल, असोज १ : प्रदेश नम्बर ५ प्रदेशसभाको बैठक आगामी मंगलबार बस्ने भएको छ।

प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनको २५ औँ बैठक असोज ६ गते अपराह्न एक बजेका लागि बोलाइएको छ। 

Hardik ivf

बैठक तय भएपछि प्रदेशसभाका सबै सदस्यलाई जानकारी गराइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए। 

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगन गरिएको थियो।

यसअघि गत साउन १८ गते प्रदेशसभाको छैटौँ अधिवेशनको २४ औँ बैठक बसेको थियो।
 

प्रकाशित मिति: २०:०२ बजे, बिहीबार, असोज १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्