सिराहा कारागारका १४८ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ ३० : सिराहा जिल्ला कारागारका १४८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ।
गत भदौ २५ मा दुई सय ४६ जनाको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको परीक्षणमा मंडगलबार १४८ जना कैदीबन्दीमा संक्रमण पुष्टि भएको हो।
यसअघि कारागारका ८४ जनामा संक्रमण पुष्टि भएको थियो। अहिलेसम्म कारागारमा संक्रमितको संख्या दुई सय ४७ पुगेको छ।
प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार