Kathmandu Press

विश्वमा कोरोना भाइरसबाट २ करोड ९४ लाख संक्रमित, ९ लाख ३२ हजारको मृत्यु

विश्वमा कोरोना भाइरसबाट २ करोड ९४ लाख संक्रमित, ९ लाख ३२ हजारको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, भदौं ३० : विश्वभर २ करोड ९४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ९४ लाख ३७ हजार नाघेको छ ।

यस्तै एकै दिन थप ४ हजार ३५२ जनाको मृत्यु  भएसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ३२ हजार ४२२ पुगेको छ । एकै दिन २ लाख ४७ हजार ९८४ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

मंगलबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड १२ लाख ७३ हजार ३०४ पुगेको छ । 

प्रकाशित मिति: ०८:२० बजे, मंगलबार, भदौ ३०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्