Kathmandu Press

सेनाद्वारा ९० श्ययाको आइसोलेशन कक्ष बनाइने

सेनाद्वारा ९० श्ययाको आइसोलेशन कक्ष बनाइने
Hardik ivfHardik ivf

मकवानपुर, भदौ २९ : जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले कोरोना संक्रमणको लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्न ब्यारेकमा ९० श्याको आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ।

संक्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पु¥याउने उद्देश्यले सो आइसोलेशन कक्ष स्थापना गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।

सोही बैठकले मध्यपृतना मुख्य कार्यालय सुपारेटार, दलगण चित्लाङ, नं एक जगदलगण सुनाचुरी, काली इञ्जिनीयरिङ दलगण भैँसे, पुरानो गोरखगण सुपारेटार, नं ३ कुलेखानी, भीमफेदीस्थित प्लाष्टिक उद्योग र छतिवन ब्यारेकमा पनि छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ। 

सोही बैठकले नेपाली सेनाद्वारा सञ्चालन गर्न लागिएको आइसोलेशन कक्षमा संक्रमण देखिएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा उपलब्ध गराउने र अति गम्भीर प्रकृतिका बिरामीलाई आवश्यकतानुसार चितवन वा वीरगञ्जतर्फको कोभिड अस्पतालमा उपचार गर्न पठाउने निर्णय गरेको सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए। बैठकमा जिल्लाका विभिन्न स्थानमा आगामी असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्न आवश्यक कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी संघलाई सुझाव दिइएको छ। 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, भदौ २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्