Kathmandu Press

विश्वभर २ करोड ५ लाख कोरोना संक्रमित उपचारपछि निको भए 

काठमाडौं, भदौं २७ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये २ करोड ५ लाख ७४ हजार २८७ जनाले कोरोनालाई जितेका छन् ।विश्वमा...
विश्वभर २ करोड ५ लाख कोरोना संक्रमित उपचारपछि निको भए 
Hardik ivfHardik ivf

काठमाडौं, भदौं २७ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये २ करोड ५ लाख ७४ हजार २८७ जनाले कोरोनालाई जितेका छन् ।

विश्वमा संक्रमितको संख्या २ करोड ८६ लाख ४९ हजार ५१९ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९ लाख १९ हजार ५७७ पुगेको छ ।

अहिले ७१ लाख ५७ हजार १६ जनाको विभिन्न अस्पताल तथा आइसोलेनमा उपचार भइरहेको छ । उपचाररतमध्ये ६० हजार ८८४ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ४ हजार १०३ संक्रमित थपिएका छन् भने संक्रमित ५ हजार ६८३ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा  १ लाख ९७ हजार ४२१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित ६६ लाख ३६ हजार २४७ मध्ये ३९ लाख १७ हजार ९६२ जना निको भएका छन् । २५ लाख २० हजार ८६४ मा सक्रिय संक्रमण देखिएको छ । उनीहरुमध्ये १४ हजार ३४७ जनाको अवस्था गम्भीर छ ।  

दोस्रो धेरै संक्रमित मुलुक भारत बनेको छ । भारतमा ४६ लाख ५७ हजार ३७९ जनामा संक्रमण फैलिएको छ । ७७ हजार ५०७ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: ०८:०४ बजे, शनिबार, भदौ २७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्