Kathmandu Press

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख वढी, ७१ प्रतिशत निको भए 

काठमाडौं, भदौं २६ : विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १...
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख वढी, ७१ प्रतिशत निको भए 
Hardik ivfHardik ivf

काठमाडौं, भदौं २६ : विश्वभर २ करोड ८३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २ करोड ८३ लाख २२ हजार ७१६ पुगेको हो । 

यस्तै एकै दिन थप ५ हजार ९८४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख १३ हजार २८४ पुगेको छ । एकै दिन २ लाख ३६ हजार ६८३ मानिस कोरोना संक्रमणमुक्त भएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ३ लाख २८ हजार ४२८ पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो ।

प्रकाशित मिति: ०८:०२ बजे, शुक्रबार, भदौ २६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्