Kathmandu Press

यसरी गर्न सकिन्छ मास्कको पुनः प्रयोग

काठमाडौं, वैशाख १६ : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो दैनिकी फेरिदिएको छ। विश्वभरका द

यसरी गर्न सकिन्छ मास्कको पुनः प्रयोग
फाइल फोटो

काठमाडौं, वैशाख १६ : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो दैनिकी फेरिदिएको छ। विश्वभरका देशहरु आर्थिक, सामाजिक संकटबाट गुज्रिरहेका छन्। मानिसहरु घर भित्रै बस्न बाध्य छन्। कोरोना रोकथामका तथा नियन्त्रणका लागि आवश्यक मानिसको मास्कको सहज उपलब्धता समेत छैन। बजारमा अझै पर्याप्त मास्क उपलव्ध हुन सकिरहेको अवस्था छैन। मास्क अभावका कारण अहिले यसकोे पुनः प्रयोग अति आवश्यक बनेको छ। 

सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीटू जस्ता मेडिकल मास्कहरूको अभावका कारण मानिसहरु कपडाको मास्क प्रयोग गर्न बाध्य बनेका छन्। यति मात्र होइन, चिकित्सकहरुले समेत पर्याप्त मात्रामा सर्जिकल मास्क एन ९५, केएन ९५, एफएफपीएसको पाउन सकेका छैनन्। जसका कारण मास्कको पुनः प्रयोग गर्न उनीहरु बाध्य बनेका छन्। 

साधारणतयाः कपडाको मास्क प्रयोग गर्दा मुख र नाक राम्रोसँंग छोप्ने हुनुपर्दछ। कपडाको मास्क प्रयोग गर्दा पटकपटक साबुन र मनतातो पानीले धोई पुनः प्रयोग गर्न सकिन्छ। कपडाको मास्क अधिकतम २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । बीचमा झिकेर पुनः प्रयोग गर्नुपरे स्टेरिटाइजेशन गर्नुपर्छ। जे जस्ता उपाय अबलम्बन गरेपनि मास्कको आयु बढीमा २४ घण्टासम्म मात्रै हुन्छ।  

सर्किकल मास्क, पेपर माक्स तीन तहले बनेका हुन्छन्, जसमा पोलिपाइरोलिन नामक पोलिमर राखिएको हुन्छ। यस पोलिमरले फिल्टरको काम गर्छ र एरबोन ब्याक्टेरिया माइक्रोअर्गानिजमहरु छेक्छ। सर्जिकल मास्कलाई स्टिम डेष्टिलेशन नामक प्रविधिले मात्र स्टेरिलाइज गरी पुनः प्रयोग गर्न सकिन्छ। स्टिम डेष्टिलेशन उद्योगहरुमा मात्रै गर्न सकिन्छ। यस्ता प्रकारका मास्कहरु साधारणतयाः एकचोटी मात्रै प्रयोग गरिन्छ। 

सर्वभन्दा राम्रो मास्कको रुपमा एन ९५, केएन ९५, एफएफपीटू मास्कलाई लिइन्छ, जसमा फिल्टर फेस पिस हुन्छ र शुन्य दशमलब तीन एमएम भन्दा ठूलो सबै पार्टिकललाई यसले फिल्टर गर्न सक्छ । कम्तीमा ९५ प्रतिशत एयरवोन व्याक्टेरिया फिल्टर गर्ने भएकाले यसलाई एन ९५ नामले चिनिएको हो। एन ९५ मास्कलाई अमेरिकामा एन ९५ ले नै चिनिन्छ भने युरोप र चीनमा क्रमशः एफएफपीटू र केएन ९५ भनी चिनिन्छ।

यी मास्कहरु ननउभन पोलिपाइरोलिन फाइबरले बनेका हुन्छन्। यी माक्सहरुलाई राम्रोसँंगै टाइट फिटिंङ हुने गरी लगाउनुपर्छ । यसलाई कम्तीमा पाँंच पटक प्रयोग गर्न मिल्छ। त्यसपछि स्टेरिलाइजेशन नगरी प्रयोग गर्न मिल्दैन। स्टेरिलाइजेशन गर्नका लागि भ्यापोराइज हाइड्रोजन पेरोअक्साइड, मेइष्ट हिट जस्ता तरिकाहरु उद्योगहरुमा अपनाइन्छन्। यी तरिकाहरु उद्योगमा मात्रै सम्भव हुनसक्छ। घरैमा यसलाई एक सय २५ डिग्री सेल्सियस् तातोपानीमा तीन मिनेट वा ७० डिग्री सेल्सियस तातोपानीमा ३० मिनेटसम्म भिजाई स्टेरिलाइजन गर्न सकिन्छ। त्यसपछि हामीले यस्ता प्रकारको मास्कको पुनः प्रयोग गर्न सक्छौं। 

(लेखिका बी फार्मेसी तेस्रो वर्षका विद्यार्थी हुन् ।)

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, वैशाख १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्