Kathmandu Press

क्यामराले डोर्‍याएको हिमालका चुचुरा चुम्ने यात्रा

सानै देखि पत्रकार बन्ने सपना थियो। त्यही सपना पच्छाए र बने फोटो पत्रकार।

सुरु सुरुमा रिर्पोटिङमा जाँदा क्या

क्यामराले डोर्‍याएको हिमालका चुचुरा चुम्ने यात्रा

सानै देखि पत्रकार बन्ने सपना थियो। त्यही सपना पच्छाए र बने फोटो पत्रकार।

सुरु सुरुमा रिर्पोटिङमा जाँदा क्यामेरा बोक्ने सबै पत्रकार पुरुषहरु मात्रै देखिन्थे। दिनहुँ देखिने यस्तै दृश्यले मनमा पश्न उठ्यो,  ‘म अझ शशक्त फोटो पत्रकार बन्नुपर्छ?’

पहाडमा जन्मेको म, हिमाल र पहाडको फोटो खिच्न औधि रुचाउँथे। 

Hardik ivf

कारोबार दैनिकमा फोटो पत्रकारको रुपमा काम गरेपछि पनि मसँग हिमालका फोटो खिचेको अनुभव थिएन्। जन्मेको घरबाटै हिमाल देखिएपनि नजिकबाट नियाल्ने मौका पाएको थिईन्। 

नेपाल भन्ने वित्तिकै विदेशीहरुले गर्ने पहिलो प्रश्न हो, ‘सगरमाथामा गएको छ ?’ सुरु सुरुमा जवाफ दिनु पर्थ्याे– छैन्।

एक दिन मलाई हिमाल नजिकबाट नियाल्ने सोच आयो। तर कसरी?

हिमाल हेर्ने मात्रै होइन क्यामेरामा कैद गर्ने मेरो सपनालाई साकार बनाउन छुट्टि लिएर भएपछि हिमालतिर जाने योजना बनाए। भनिरहनै परेन, एउटा फोटो खिच्ने र अर्को हिमालको काखमा रमाउने उद्धेश्य बनाए। 

राजधानीदेखि हिमालको फोटो खिच्न जान मलाई कम्तीमा एक हप्ता समय लाग्थ्यो। तर, छुट्टि मिल्छ वा मिल्दैन टुंगो थिएन। 

तर, एकदिन खबर सुनेँ, प्रत्येक वर्ष सगरमाथाको काखमा एभरेष्ट म्याराथुन हुने गर्छ। मेरा लागि त्यो कार्यक्रमले अफिसको असाईनमेन्ट पनि पुरा हुने र मेरो हिमाल हेर्ने इच्छा पनि पुरा हुने दोहोरो फाइदा थियो।  

आयोजक र अफिसमा कुरा मिलाएर एभरेष्ट म्याराथुनमा जाने मौका मिल्यो । त्यसपछि त मेरो खुसीको सिमा नै भएन। 

हिमालको सपना बोकेर मेरो यात्रा सगरमाथा आधार शिविर तर्फ मोडियो। 

पहिलो पटक सगरमाथा आधार शिविर पुग्न निकै गाह्रो भयो । तर, आधार शिविर पुग्न जति गाह्रो भएको थियो, इच्छा पुरा हुँदाको खुसी पनि उस्तै थियो। 

आधार शिविर पुगेपछि मेरो क्यामेराको लेन्स सिधै हिमचुली तर्फ सोझियो। मनले चाहे जति फोटो खिचे । आधार शिविरबाट फर्कँदा सगरमाथा आरोहणको लागि हिडेका मानिससँग भेट भयो। उनीहरुको सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्य सुनेर म अझ उनीहरुको कथा खोतल्न खोज्थे। उनीहरुसँगको भेटले कता कता मेरो मनमा पनि हिमाल चढ्ने रहर जाग्यो। 

हिमालको फोटो खिच्ने रहर त पुरा भयो, फोटो क्यामारामा सजउँदै फेरि मनमा सगरमाथा आरोहणको इच्छा जन्मियो । नयाँ अनुभव साथिलाई सनाउँदै गर्दा नयाँ इच्छा पनि सुनाए । तर सगरमाथा चढ्छु भन्दा उनीहरुको हाँसोको पात्र मात्र बने। फेरि सोचे, ‘साच्चै मैले सगरमाथा चढ्न सक्दिन त?’

त्यसपछि म के हो सगरमाथा आरोहणको क्यामेस्टि भन्ने सर्च गर्न थाले। कहिले सफल आरोहीको कथा गुगल गरेर पढ्दा फुरुङग बने त असफल आरोहीको कथा पढेर निराश पनि बने।  

सगरमाथा आरोहण गर्ने मनमनै अठोट गरिसकेको थिए । विस्तारै मेरा दिनहरु आरोही र गाइडहरु भेट्नमा व्यस्त हुन थाल्यो । उनीहरुको कुरा सुन्दा फेरि मलाई हौशला मिल्न थाल्यो।

अनि मनलाई आफै कन्भेन्स गरे, ‘अब चै म सगरमाथा चढ्छु छढ्छु ।’

आरोही र गाईडहरुको सुझावअनुसार काम गर्ने निर्णय गरे । सगरमाथा आरोहण गर्नु अघि ६ हजार मिटरभन्दा माथिको अरु कुनै हिमाल चढेको अनुभव हुनुपर्दोरहेछ । अब कुन हिमाल चढ्ने त? फेरि मनमा कुरा खेल्न थाले। आइडिया निकाले, ‘आफ्नै जिल्ला गोरखाको मनास्लु हिमाल चढ्छु ।’ 

मनास्लु हिमाल आरोहणको सिजन सुरु हुन दुई महिना मात्रै बाँकी थियो । म आरोहणका लागि बजेट संकलनमा जुटे । तर कतैबाट सहयोग नमिलेपछि ऋण काटेर मनास्लुतर्फ लागे । सगरमाथा चढ्ने सपना बोकेर हिडेकी मलाई परिस्थितीले आफ्नै घरको झ्यालबाट देखिने मनास्लुतर्फ डोहोरायो। 

काठमाडौंबाट हिडेको २२ दिनमा मैले मनास्लु समिट पुरा गरे । २०७४ असोज १० गते (२०१७ को सेप्क्टेम्बर २६ मा) आठ हजार एक सय ६३ मिटर उचाईको मनास्लु हिमाल आरोहण पुरा गरे । उती बेलै मनमनै एक अठोट गरे, अब बल्ल सगरमाथाको लागि बाटो खुल्यो। 

मनास्लु हिमाल आरोहण सकेर घर फर्कदा दशैंको अष्टमीको दिन परेको थियो । नयाँ उत्साह, खुसी र पुन नयाँ अठोट लिएर दशैं मनाए। 

हिमाल चढ्ने सपना पुरा भइहाल्यो अब आरोहणको सपना बन्द गर भन्ने घर परिवार र साथिहरुको सुझाव थियो। उनीहरुको त्यो सुझाव, ‘कतै आरोहणमा केही भै हाल्छ की भनेर मेरै लागि थियो ।’ तर ममा यस्तो भुत सवार भैसकेको थियो कि अब सगरमाथा लाईफ मिशन भैसकेको थियो । कसैको मायाँ वा घृणाले म त्यो मिशनबाट बाहिरिन सक्ने अवस्थामा थिईन्। 

मनास्लु चढ्दाको ऋण तिर्न नसकेको कारण परिवारले त झन सगरमाथा चढ्न सहमती दिने कुरै भएन। त्यो बेला मलाई साथ दिन मसँग उभिएकी थिईन मेरी आमा ।
मेरो आमाको त्यो सहयोगले त्यसपछि मैले सगरमाथा आरोहण सफल रुपमा सम्पन्न गरे र मनास्लुको ऋण पनि तिरे। 

आज मेरो सपना पुरा हुँनुमा मेरी आमाको ठूलो सहयोग छ । रकम जुटाउनेदेखि परिवारका अन्य सदस्यलाई सम्झाएर मलाई सहयोग र हौसला दुवै मेरी आमाले दिएकी थिईन्। 

मेरो आँट र आमाको सपोटकै कारण मैले तीन वर्षमा तीन ठूला हिमाल आरोण गरे। 

सगरमाथा आरोहणको लागि मसहितको टोली २०७४ को चैत्र महिनामा आधार शिविर पुगेका थियौं । उचित मैसमको पर्खाइमा आधार शिविरमा बस्दा आमाको प्रश्नले धेरै पिरोल्थ्यो । साथमा आमाको फोटो लिएर मौसम खुल्ने प्रतिक्षा गर्दै दिन बिताउनु बाहेक अरु विकल्प मसँग थिएन । 

हाम्रो टोली २०७५ जेठको १ गते मात्र चुचुरोतर्फ लाग्यौं । आधार शिविरबाट हिँडेको पाँच दिन अर्थात जेठ पाँच गते मैले सगरमाथाको चुचुरोमा पाइला टेके। त्यो मेरो जीवनको अविस्मरणीय क्षण हो। 

आमाको फोटो साथमा लिएर चुचुरोमा पाइला टेक्दासम्मको प्रत्येक सासमा आमालाई सम्झिए। 

सगरमाथाबाट फर्किए लगतै मैले आमादब्लम हिमाल आरोहण गर्ने योजना बनाए । यही सिजनामा मैले त्यो सपना पनि पुरा गरे। 

मनास्लु, सगरमाथा र आमादब्लम हिमाल आरोहणको क्रममा मैले प्रत्येक सासमा आमालाई सम्झिए। 

आगामी अप्रिल/मेमा अन्नपूर्ण हिमाल-१ को आरोहण गर्ने तयारी गरेको छु । अन्य हिमालको तुलनामा अन्नपूर्ण १ हिमाल आरोहण गर्न अप्ठयारो रहेको आरोही तथा गाइडहरुको धारणा छ। 

हालसम्म विदेशी महिलाले मात्रै आरोहण गरेको अन्नपूर्णमा म पहिलो नेपाली महिला आरोही बन्ने नयाँ मिशन तय गरेकी छु। 

अन्य तीन हिमाल चढेजस्तै यो हिमाल पनि चढ्ने अठोट बोकेर हिँडेकी छु । सायद फेरि पनि मेरी आमालेनै अन्नपूर्णको मिशन पनि पुरा गराउँछिन्।

(आरोही पूर्णिमा श्रेष्ठ कारोबार दैनिककी फोटो पत्रकार हुन्)

 

प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, फागुन २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गोहीको ढाडमाथि नौका विहार
गोहीको ढाडमाथि नौका विहार
मेराे नजरमा यज्ञ सर 
मेराे नजरमा यज्ञ सर