Kathmandu Press

शेयर बजारमा ० दशमलव ५२ प्रतिशतको गिरावट

काठमाडौं, साउन १३ : शेयर बजारमा केही करेक्सन देखिएको छ। बढ्दो प्रवृत्तिमा बजार केही सच्चिनु सामान्य मानिन्छ। 

०  दशमलव ५२ प्र....

शेयर बजारमा ० दशमलव ५२ प्रतिशतको गिरावट

काठमाडौं, साउन १३ : शेयर बजारमा केही करेक्सन देखिएको छ। बढ्दो प्रवृत्तिमा बजार केही सच्चिनु सामान्य मानिन्छ। 

०  दशमलव ५२ प्रतिशतले गिरावट आएसँगै मंगलबार नेप्से परिसूचक ७ दशमलव ५९ अंकले घटेर १४५४ दशमलव ८९ को विन्दुमा बन्द भएको छ। १४६३ दशमलव ८१ को विन्दुमा खुलेको दोस्रो बजार १४६६ दशमलव ०४ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १४४९ दशमवल ८६ रहँदा दिनभरमा १ अर्ब २५ करोड ९७ लाख बराबर रकमको कारोबार भएको छ।

आजको बजारको अवस्था


 
आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ। नेपाल पुनर्र्बीमा कम्पनीको १० करोड ३५ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज मिर्मिरे लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमवल ९४ प्रतिशतले कमाए भने पोखरा फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमवल ०३ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल बढ्दो प्रवृत्तिमा रहेको छ। बजारको प्रवृत्ति हालसम्म सकारात्मक क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा उतारचढाव कम भएको संकेत गरेको छ। यसले आज लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको र आजको परिमाण सामान्य रहेको छ।

चित्र नम्बर २ 

 

चित्र नं.२ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज कारोबारको पहिलो समयमा बजार केही घटे पनि अन्तिम समयसम्म प्रवृत्तिहीन  रहेकाले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको देखिन्छ। 

निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्तिलाई समग्र रुपमा हेर्दा बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको छ। यदि बजार १४६० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना रहेको देखिन्छ र अर्को तत्कालीन प्रतिरोध १४८० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, यदि बजार १४५० भन्दा तल स्थिर रहेमा बजार अझ केही घट्न सक्ने देखिन्छ। 
 

प्रकाशित मिति: १८:५८ बजे, मंगलबार, साउन १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्