Kathmandu Press

शेयर बजारमा आज क्रेताको चाप

काठमाडौं, असार ३१ :  नेप्से परिसूचक १४ दशमलव ९० अंकले बढेर १३६२ दशमलव ३४ को विन्दुमा बन्द भएको छ। बजार १ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ। <....

शेयर बजारमा आज क्रेताको चाप
Hardik ivfHardik ivf

काठमाडौं, असार ३१ :  नेप्से परिसूचक १४ दशमलव ९० अंकले बढेर १३६२ दशमलव ३४ को विन्दुमा बन्द भएको छ। बजार १ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ। 

१३४७ दशमलव ८९ को विन्दुमा खुलेको दोस्रो बजार १३६७ दशमलव ८३ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १३४७ दशमलव ८९ रहँदा १ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै एनआईसी एशिया बैंकको शेयर सर्वाधिक किनबेच भएको छ। एनआईसी एशिया बैंकको १० करोड ४० लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज एनआईसी एशिया लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९२ प्रतिशतले   कमाए भने मिथिला लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव ४५ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारले १३६२ को प्रतिरोध क्षेत्रलाई निश्चित रुपमा तोड्न खोजेको देखिन्छ। आजको बजारले ‘बुलिस’ मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा खरिदकर्ताको चाप रहेको संकेत गर्दछ। आजको मैनबत्तीलाई परिमाणले समर्थन गरेको देखिन्छ, यसलाई सकारात्मक संकेत मानिन्छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई कारोबार दिनको पाँच मिनेट मैनबत्तीको प्रवृत्ति देखाइएको छ। हिजो प्रवृत्तिहीन रहेको बजार आज बढ्दो प्रवृत्तिमा रहेको छ। २१ र ५० समयावधिको ‘एक्पोनेन्सियल मुभिङ एभरेज’ ले क्रेताको चाप रहेको  संकेत गरेको छ। ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’ ६४ दशमलव ३९ अंकमा रहेको र यसले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा हालसम्म बजार सकारात्मक रहेको छ। अघिल्लो दिनसम्म १३६२ को क्षेत्र प्रतिरोध रहे पनि आज बजारले १३६७ को उच्च विन्दु बनाएको हुँदा यो आफैँमा प्रतिरोध हुन गएकाले अब यदि बजारले १३६७ को प्रतिरोधलाई तोडेमा बजार अझ बढ्दो प्रवृत्तिमा हुन सक्ने प्रवल संकेत गर्नुका साथै अर्को तत्कालीन प्रतिरोध १४३० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको टेवा १३५० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १८:४२ बजे, बुधबार, असार ३१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्