Kathmandu Press

नेप्सेका सबै उपसूचक सकारात्मक

काठमाडौं, असार २३ : नेप्से परिसूचक ३७ दशमलव ९३ ले वृद्धि भएर १३३६ दशमलव ६६ को विन्दुमा बन्द भएको छ। यस्तै, मंगलबार शेयर बजार २ दशमलव ९२ प्रतिशत व....

नेप्सेका सबै उपसूचक सकारात्मक

काठमाडौं, असार २३ : नेप्से परिसूचक ३७ दशमलव ९३ ले वृद्धि भएर १३३६ दशमलव ६६ को विन्दुमा बन्द भएको छ। यस्तै, मंगलबार शेयर बजार २ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ।

१३०० दशमलव ४१ को विन्दुमा खुलेको दोस्रो बजार १३४५ दशमलव ९६३ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १२९९ दशमलव ७२ रहँदा दिनभरमा १ अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

नेप्सेका सबै उपसूचक बढेका छन् भने सर्वाधिक वृद्धि हुनेमा होटल समूह र निर्जीवन बीमा समूहमा क्रमशः ८ दशमलव ८८ प्रतिशत र ६ दशमलव ३२ प्रतिशतको वृद्धि रहेको छ। यसरी सबै उपसूचक वृद्धि हुनु शेयर बजारका लागि सकारात्मक संकेत मानिन्छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ९ करोड १२ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज प्रडेन्सियल इन्स्योरेन्स, मन्जुश्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त र ओरियण्टल होटल्सका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने खानीखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक ३ दशमलव ९० प्रतिशतले गुमाए।

 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषण अनुसार हाल बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १३६० को क्षेत्रमा हुन सक्ने देखिन्छ भनिएको थियो। आज बजारले १३४५ दशमलव ९६ को उच्च विन्दु बनाउन सफल रहेको थियो। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार अघिल्लो तीन कारोबार दिनदेखि बजार सकारात्मक हुँदै आएको देखिन्छ। आज पनि बुलिस मैनबत्ती आकृति बनेको छ। हाल बजार १३६२ को प्रतिरोध क्षेत्र नजिक रहेको देखिन्छ।   

चित्र नं.२ : पाँच मिनट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, पाँच मिनेट मैनबत्तीको प्रवृत्ति हो। यसले हिजो र आजको बजार बढ्दो प्रवृत्तिमा रहेको देखाएको छ।  २१ र ५० समयावधिको ‘एक्पोनेन्सियल मुभिङ एभरेज’ एकापसमा फराकिलो हुँदै गएकाले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ।  ‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’ ५२ दशमलव ६८ अंकमा रहेको र यसले हालसम्म बजार सकारात्मक क्षेत्रमा नै रहेको संकेत गरेको बुझिन्छ। 

निष्कर्ष :  हिजोको विश्लेषणमा भनिए जस्तै बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा ११४९ र १२४१ मा पाएको टेवाले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको भने बजार हाल सकारात्मक रहेको देखिन्छ।  यदि बजार १३६२ भन्दा माथि स्थिर रहेमा बजार अझ सकारात्मक हुन सक्ने संकेत गरेको छ। अर्को तत्कालीन प्रतिरोध १४३० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको सामान्य टेवा १२८० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, असार २३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्