Kathmandu Press

दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्षलाई कोरोना भएको पुष्टि

काठमाडौं, चैत १० : दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अध्यक्ष जुलिया मोर्लेको कोरान....

दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्षलाई कोरोना भएको पुष्टि
दायाँतर्फबाट पहिलाे जुलिया मोर्ले, दाेस्राे मिस नेपाल अनुस्का श्रेष्ठ र तेस्राे मिस वर्ल्ड टोनी एन सिंह

काठमाडौं, चैत १० : दुई साताअघि नेपाल भ्रमणमा आएकी मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अध्यक्ष जुलिया मोर्लेको कोराना परीक्षणमा पोजेटिभ देखिएको विभिन्न देशका संचार माध्यमहरुले जनाएक छन्।

मोर्लेलाई कोरोना भएको समाचार समाजिक सञ्जालमा भाइरल बनेपछि विभिन्न देशका संचार माध्यमहरुले जुलियालाई काेराेना पुष्टि भएको दावी गर्दै समाचार प्रकाशित गरेका छन्। 

Hardik ivf

जुलिया मोर्ले

‘कोरोना संक्रमण देखिएको छ, तर, मेरो स्वास्थ्य राम्रो छ,’ मोर्लेले फेसबुक पेजमा लेखेकी छन्। मोर्ले लन्डनमा क्वारेन्टाइनमा बसेकी छिन्। ८१ वर्षीया मोर्ले १० वर्षदेखि मिस वर्ल्डकी अध्यक्ष रहँदै आएकी छिन्।  मिस वर्ल्ड टोनी एन सिंह, निर्देशक स्टिभ डग्लससँगै मोर्ले फागुन २२ गते नेपाल आएकी थिइन्। नेपालमा तीन दिन बिताएर उनी २४ गते इंग्ल्यान्ड फर्किएकी थिइन्। मिस नेपाल आयोजक हिडन ट्रेजर तथा पर्यटन मन्त्रालयको समन्वयमा उनीहरु नेपाल आएका थिए।

पर्यटन मन्त्री याेगेश भट्टराईको साथमा मिस वर्ल्ड टोनी एन सिंह र पिंक सर्टमा अध्यक्ष जुलिया मोर्ले 

उनीहरूले मकवानपुरमा पूर्वमिस नेपाल श्रृंखला खतिवडाको शिक्षा सम्बन्धि परियोजना अवलोकन गरेका थिए। यस्तै उनीहरुले सिन्धुपाल्चोकको हेलम्बुमा मिस नेपाल अनुस्का श्रेष्ठले सुरु गरेको स्वावलम्वन परियोजनाको पनि अवलोकन गरेका थिए। सोही क्रममा उनीहरुले हेलम्बुमा निर्माणाधिन हिमालयन ग्रेट ट्रेलको पनि अवलोकन गरेका थिए। 

सिन्धुपाल्चोक र मकवानपुर जानुअघि उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग पनि भेट गरेका थिए।

प्रकाशित मिति: १६:१६ बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्