संसद खुलाउन माओवादीले ल्याएको दुई बुँदे ड्राफ्टमा एमाले सहमत
उक्त ड्राफ्टमा रास्वपाको असहमति देखिएको पनि उनले बताए। साथै, भट्टराईले रास्वपाले ल्याएको ड्राफ्टमा एमालेको असहमति रहेको पनि बताए।
काठमाडौं, जेठ २८ : नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद खुलाउन सहमतिका लागि नेकपा माओवादी केन्द्रले ल्याएको दुई बुँदे सहमतिको ड्राफ्टमा आफूहरू सहमत रहेको बताएका छन्।
नेकपा माओवादी केन्द्रले संसद्को गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गर्दै छलफलमा ल्याएको थियो।
संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता भट्टराईले माओवादीको उक्त ड्राफ्टमा आफूहरूको सहमति रहेको बताए।
उक्त ड्राफ्टमा रास्वपाको असहमति देखिएको पनि उनले बताए। साथै, भट्टराईले रास्वपाले ल्याएको ड्राफ्टमा एमालेको असहमति रहेको पनि बताए।
भट्टराईका अनुसार प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेका कारण बिहीबार तीन बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको पनि बताए।
भट्टराईले अव संसद् नियमित कार्यसूचीमा प्रवेश गर्ने विश्वास पनि उनले व्यक्त गरे।
प्रकाशित मिति: १८:५७ बजे, बुधबार, जेठ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार






-1752231581.jpg)




-1752231581.jpg)
