Kathmandu Press

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

खुलामञ्चमा तय गरिएको बन्द सत्रको कार्यक्रम वर्षाका कारण प्रभावित भएपछि समय सारिएको हो। 
वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं, असोज २१ : नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान १०ः ३० बजेका लागि तय गरिएको बन्दसत्र दिउँसो ४ बजेपछि सुरु हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए। 

खुलामञ्चमा तय गरिएको बन्द सत्रको कार्यक्रम वर्षाका कारण प्रभावित भएपछि समय सारिएको हो। 

बन्दसत्रमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याएर आजै पारित गर्ने तयारी छ । यसअघि प्रस्तुत भएको सभापति गगनकुमार थापाको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।

छलफल पूरा भएपछि प्रस्ताव तथा प्रतिवेदन पारित गरिने र भोली नयाँ नेतृत्व चयन गरी अघि बढ्ने कांग्रेसको तयारी छ ।

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, असोज २१, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्