Kathmandu Press

सभामुख र प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन, संसद बैठक अन्योलमा 

सभामुख देवराज घिमिरेको पहलमा संसदको अवरोध खुलाउन भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका प्रमुख सचेतकहरु संलग्न संयुक्त छलफल भए पनि प्रतिपक्षी दलले अडान नछाडेपछि निश्कर्षविहीन बन्न पुगेको छ। 
सभामुख र प्रमुख सचेतकबीचको छलफल निष्कर्षविहीन, संसद बैठक अन्योलमा 

काठमाडौं, जेठ २८ : प्रतिनिधिसभाको अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे र  दलहरूका प्रमुख सचेतकबीच भएको छलफल बुधबार पनि निश्कर्षविहीन भएको छ। 

सहमती नजुटेपछि संसद बैठक अन्योलमा परेको छ। सभामुख देवराज घिमिरेको पहलमा संसदको अवरोध खुलाउन भन्दै कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका प्रमुख सचेतकहरु संलग्न संयुक्त छलफल भए पनि प्रतिपक्षी दलले अडान नछाडेपछि निश्कर्षविहीन बन्न पुगेको छ। 

Hardik ivf

गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणमा उच्चस्तरिए छानबिन समिति गठन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका प्रमुख सचेतकहरु पनि सहमत हुन सकेनन्। 

सभामुखसहितको छलफल निश्कर्षविहीन बनेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु पुनः छलफलमा बसेका छन्। 

गत जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भएपछि सभामुख घिमिरेले अर्को बैठक जेठ २० गतेका लागि डाकेका थिए। प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपालगायतको अवरोधका कारण हाउस अवरुद्ध हुँदै आएको छ। 
 

प्रकाशित मिति: १५:१९ बजे, बुधबार, जेठ २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्