Kathmandu Press

५२ पदाधिकारी विवादमा असार १८ गतेका लागि फैसला मिति सर्यो 

बुधबार फैसला सुनाउने भनिए पनि अध्ययनका लागि समय नपुगेको भन्दै आगामी असार १८ गतेका लागि फैसला सुनाउने मिति सारिएको हो। 
५२ पदाधिकारी विवादमा असार १८ गतेका लागि फैसला मिति सर्यो 

काठमाडौं, जेठ २८ : सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध दायर भएको रिटमा निर्णय सुनाउने दिन सारेको छ। 

बुधबार फैसला सुनाउने भनिए पनि अध्ययनका लागि समय नपुगेको भन्दै आगामी असार १८ गतेका लागि फैसला सुनाउने मिति सारिएको हो। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा.कुमार चुडाल र डा. नहकुल सुवेदी संलग्न संवैधानिक इजलासमा सुनुवाई सकिएर आजका लागि फैसलाका लागि पेशी राखिएको थियो। 

फैसला सुनाउन भन्दै विहान ११ बजेदेखि नै न्यायाधीशहरु छलफलमा जुटेका थिए। 

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, जेठ २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्