संसदमा सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच भनाभन, बैठक भोलि ३ बजेसम्मका लागि स्थगित
विपक्षीको अवरोधकै बीच सत्ता पक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सञ्चालनको माग गरेका थिए। त्यसपछि सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूबीच केहीबेर भनाभन भएको थियो।
काठमाडौं, जेठ २८ : प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन्।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे २ घण्टा ढिलो गरी सुरु भएको थियो। सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आआफ्नो स्थानबाट उठेर संसद अवरुद्ध गरेका थिए।
भिजित भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन्। बुधबार पनि उनीहरुले सोही माग राखेर सदन अवरुद्ध गरेर
विपक्षीको अवरोधकै बीच सत्ता पक्षका सांसदहरुले संसद अवरोध गरेर बोल्न रोकेको भन्दै बैठक सञ्चालनको माग गरेका थिए। त्यसपछि सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूबीच केहीबेर भनाभन भएको थियो।
केही बेरको भनाभनपछि सभामुख घिमिरेले बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी स्थागित भएको घोषणा गरैका थिए।
सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् ।
