Kathmandu Press

शेयर बजार केही सकारात्मक

काठमाडौं, चैत ६ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १३ दशमलव ५० अंकले बढेर १२६९ दशमलव ३० को विन्दुमा बन्द भएको छ। दोस्रो बजार १ दशमलव ०८ प....

शेयर बजार केही सकारात्मक

काठमाडौं, चैत ६ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १३ दशमलव ५० अंकले बढेर १२६९ दशमलव ३० को विन्दुमा बन्द भएको छ। दोस्रो बजार १ दशमलव ०८ प्रतिशतले बढेको छ।

१२५५ दशमलव ८० को विन्दुमा खुलेको दोस्रो बजार १२७९ दशमलव ०१ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १२२३ दशमलव ०४ रहँदा दिनभरमा १ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको ३१ करोड ३३ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव  ९६ प्रतिशतले कमाए भने सेन्ट्रल फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ५२ प्रतिशतले गुमाए।


छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। आजको मैनबत्तीले ‘हतौडा’ को आकृति बनाएको छ। यसले बजारको प्रवृत्ति परिवर्तन हुन सक्ने संकेत गरे पनि अर्को कारोबार दिनको मैनबत्तीलाई पनि हेर्नु पर्ने हुन्छ।  आजको परिमाणले मैनबत्तीलाई समर्थन गरेको देखिन्छ।  

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बजार प्रवृत्तिहीन रहेको छ।

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५८ दशमलव ४५ अंकमा रहेको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजार केही घट्न सक्ने संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा यदि बजार १२८० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरे पनि १२९० को क्षेत्रमा अर्को तत्कालीन प्रतिरोध रहेको देखिन्छ। त्यस्तै, यदि बजार १२६० भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक क्षेत्रमा हुन सक्ने संकेत गर्दछ र अर्को सामान्य तत्कालीन टेवा १२४७ को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:५४ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्