Kathmandu Press

शेयर बजार अन्योल अवस्थामा

काठमाडौं, चैत ३ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३ दशमलव ३५ अंकले बढेर भएर १३१६ दशमलव ३९ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० ....

शेयर बजार अन्योल अवस्थामा

काठमाडौं, चैत ३ : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ३ दशमलव ३५ अंकले बढेर भएर १३१६ दशमलव ३९ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव २६ प्रतिशतले बढेको छ।

१३१२ दशमलव ६९ को विन्दुमा खुलेको दोस्रो बजार १३३४ दशमलव १२ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु १२९१ दशमलव ६८ थियो। 

१ अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम अघिल्लो दिनभन्दा घटेको छ।

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ४० लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज सिभिल लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८८ प्रतिशतले कमाए भने युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सर्वाधिक ५ दशमलव ८८ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार घट्दो प्रवृत्तिमा रहेता पनि यदि बजार १३२२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। र, अर्को तत्कालीन सामान्य प्रतिरोध १३३० मा रहेको देखिन्छ र हाल बजारको तत्कालीन टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। 

आज बजारमा निकै चढाव भएको देखिन्छ। कारोबारको पहिलो समयमा १३०० को टेवालाई तोडेको र पछिल्लो समयमा १३२२ को प्रतिरोधलाई पनि तोडेको थियो। तर बजार अन्तिम समयमा १३१६ दशमलव ३९ को विन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार दुई सातादेखि बजार घट्दो प्रवृत्तिमा रहेको र हाल बलियो संगम टेवा क्षेत्रमा रहेको देखिन्छ। प्राविधिक विश्लेषण अनुसार यो क्षेत्रमा शेयरको माग बढ्न सक्ने प्रवल सम्भावना रहेको हुन्छ। आजको बजारले ‘डोजी’ मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ। आजको परिमाण भने प्रभावकारी देखिँदैन।  

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट््दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको छ।

प्रवृत्तिहीन रहेको बजारमा २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३९ दशमलव १५ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको अन्तिम समयमा बजारमा क्रेताको चाप कमजोर भएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा  यदि बजार १३३५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन सामान्य प्रतिरोध १३५० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको तत्कालीन टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १९:५९ बजे, सोमबार, चैत ३, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्