Kathmandu Press

शेयर बजारमा निरन्तर बढ्दै विक्रेताको चाप

काठमाडौं, चैत २ : नेप्सेले धितोपत्र बोर्डको निर्देशन अनुसार अर्को व्यवस्था नभएसम्मका लागि परीक्षणका रुपमा शेयर कारोबार दैनिक पाँच घण्टा कायम गरिए....

शेयर बजारमा निरन्तर बढ्दै विक्रेताको चाप

काठमाडौं, चैत २ : नेप्सेले धितोपत्र बोर्डको निर्देशन अनुसार अर्को व्यवस्था नभएसम्मका लागि परीक्षणका रुपमा शेयर कारोबार दैनिक पाँच घण्टा कायम गरिएको छ।

आइतबार नेप्से परिसूचक ६४ दशमलव १४ अंकले घटेर १३१३ दशमलव ०४ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ४ दशमलव ६६ प्रतिशतले घटेको छ।  १३७७ दशमलव ०३ को विन्दुमा खुलेको दोस्रो बजारको कारोबारको उच्च विन्दु पनि खुलेको विन्दु कायम रह्यो।  त्यस्तै, न्यून विन्दु १३१० दशमलव ७२ मा रहेको थियो। 

आइतबार सबै उपसूचकमा गिरावट रहेको छ। सर्वाधिक गिरावट जीवन बीमा र निर्जीवन बीमा समूहमा रहेको छ। यिनीहरुमा क्रमशः ७ दशमलव ८७ र ६ दशमलब ९४ प्रतिशतले घटेको छ। बैंकिङ्ग समूह भने ४ दशमलव ७० प्रतिशतले घटेको छ।

Hardik ivf

२ अर्ब १० करोड १४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। यो कारोबार रकम अघिल्लो दिनभन्दा १० करोड रुपैयाँले कम हो।

आजको बजार अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ३६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

तीन कम्पनीको शेयरमा मात्र वृद्धि रहेको छ। युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक ० दशमलब ९७ प्रतिशतले कमाए भने सामुदायिक लघुवित्त र हिमालयन जनरल इन्स्योरेन्सका शेयरधनीहरुले सर्वाधिक १० प्रतिशतले गुमाए।

 

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो दिनको विश्लेषणको निष्कर्ष अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको र यदि बजार १३७० भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार मुख्य टेवा १३२० र १३४५ को क्षेत्रभन्दा तल झरेको छ।

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति


 

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार घट्दो प्रवृत्ति र मुख्य टेवाभन्दा तल रहेकाले छ। यस्तै, प्राविधिक रुपमा बजार सकारात्मक क्षेत्रमा हुनलाई अर्को कारोबार दिन बजारमा वृद्धि हुनु आवश्यक रहन्छ। आजको परिमाणले बजारमा विक्रेताको चाप रहेको देखिन्छ।   

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन घट््दो प्रवृत्तिमा रहेको बजार आज पनि घट्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ।  रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) १५ दशमलव ४५ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरेको छ। 

निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकलाई समग्र रुपमा हेर्दा  बजार घट्दो प्रवृत्तिमा रहेता पनि यदि बजार १३२२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को तत्कालीन सामान्य प्रतिरोध १३ ३० मा  रहेको देखिन्छ। हाल बजारको तत्कालीन टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ।
 

प्रकाशित मिति: १९:४८ बजे, आइतबार, चैत २, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्