रास्वपाका नेता कँडेल नक्कली प्रमाणपत्र बनाएको अरोपमा पक्राउ
कँडेल चितवनको कालिका नगरपालिका–५ पदमपुरका हुन्। उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन्।
रूपन्देही, भदौ ६ : नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बिक्री गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल पक्राउ परेका छन्।
कँडेल चितवनको कालिका नगरपालिका–५ पदमपुरका हुन्। उनलाई रुपन्देही प्रहरीले पक्राउ गरेको हो। कँडेल रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हुन्।
कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको छ। उनीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।
यसअघि रुपन्देही प्रहरीले गत साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथबाट ठूलो मात्रामा विभिन्न शैक्षिक संस्थाका नक्कली प्रमाणपत्र फेला पारेको थियो।
त्रिभुवन विश्वविद्यालयका नक्कली प्रमाणपत्र समेत फेला परेका थिए। उक्त गिरोहका भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव पक्राउ परेपछि उनैको पोलका आधारमा कँडेल समातिएका हुन्।












-ink-1744291933.jpeg)