Kathmandu Press

इजरायली प्रधानमन्त्री भन्छन्– गाजाबाट सबै बन्धक फिर्ता ल्याउँछौं

गाजाबाट बन्धकहरु रिहा हुन थालेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सरकार गाजाबाट सबै बन्धकहरूलाई फिर्ता ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।
इजरायली प्रधानमन्त्री भन्छन्– गाजाबाट सबै बन्धक फिर्ता ल्याउँछौं

जेरुसेलम, मंसिर ९ : हमासले इजरायली बन्धकहरूको पहिलो समूहलाई रिहा गरेको छ।

गाजाबाट बन्धकहरु रिहा हुन थालेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सरकार गाजाबाट सबै बन्धकहरूलाई फिर्ता ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।

‘हामीले भर्खरै हाम्रा पहिलो बन्धकहरूः बच्चाहरू, उनीहरूका आमाहरू र थप महिलाहरूको फिर्ती पूरा गरेका छौं,’ सामाजिक सञ्जाल एक्समा भिडियो सन्देश पोस्ट गर्दै उनले भनेका छन्।

इजरायल र हमासबीचको बन्धक सम्झौताको एक भागको रूपमा इजरायली बन्धकहरूको पहिलो समूह रेडक्रसको अन्तर्राष्ट्रिय समितिका कर्मचारीहरूलाई जिम्मा लगाइएको थियो।

१३ इजरायली बन्धकहरू बाहेक इजिप्टको राज्य मिडिया कार्यालयले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको क्रममा अपहरण गरिएका १२ थाई बन्धकहरूलाई अलग–अलग रिहाइका लागि सफलतापूर्वक वार्ता गरेको बताएको छ।

थाइल्याण्डले अक्टोबर ७ मा आफ्ना २६ जना नागरिकलाई बन्धक बनाएको बताएका थियो।

प्रकाशित मिति: १२:२७ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्