Kathmandu Press

डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडेका हुन्।
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन

काठमाडौं, कात्तिक २१ : नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको हो ।

पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडेका हुन्।

डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए । उनले भने, ‘यो डा. केसीको अन्तिम अनसन हो  उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ।’

डा. गोबिन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा.बद्री रिजालले हस्ताक्षर गरे।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, कात्तिक २१, २०८३