मोनाकोमाथि पिएसजीको सानदार जित, शीर्ष स्थानमा ४ अंकको अग्रता
शुक्रबार राति भएको खेलमा पिएसजीले मोनाकोलाई ५–२ ले हरायो।
काठमाडाैं, मंसिर ९ : फ्रेन्च लिग वानमा पिएसजीले सानदार जित निकालेको छ। शुक्रबार राति भएको खेलमा पिएसजीले मोनाकोलाई ५–२ ले हरायो।
घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन गोन्सालो रामोस, किलियन एम्बप्पे, रान्डल कोलो मुआनी, उसमान डेम्बेले र भिटिन्हाले गोल गरे। मोनाकोका टाकुमी मिनामिनो र फोलारिन बालोगुनले गोल गरे।
१८औं मिनेटमा रामोसको गोलमा पिएसजीले अग्रता लियो। २२औं मिनेटमा मिनामिनोले मोनाकोलाई बराबरीमा ल्याए। ३९औं मिनेट एम्बाप्पेले पेनाल्टीमा गोल गरेपछि पिएसजीले पहिलो हाफमा २–१को अग्रता लियो।
दोस्रो हाफमा २ मिनेट अन्तरमा पिएसजीले २ गोल गर्दै खेल पूर्ण रुपमा आफ्नो पक्षमा बनायो। उसका लागि ७०औं मिनेटमा डेम्बेले र ७२औं मिनेटमा भिटिन्हाले गोल गरेका थिए। ७५औं मिनेटमा बालोगुनले गोल गर्दै मोनाकोलाई खेलमा फर्काउने प्रयास गरे । तर, इन्जुरी समयमा मुआनीले गोल गरेपछि पिएसजी ५–२ले विजयी भयो।
यो जितपछि पिएसजीले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। उसको १३ खेलबाट ३० अंक भएको छ। खेल खेल कम खेलेको नाइस २६ अंकसहित दोस्रो स्थानमाछ । मोनाको २४ अंकका साथ तेस्रो स्थानमा छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










