Kathmandu Press

क्यासिनो माजोङले चौथोपटक पायो दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड

भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया’ले बर्सेनि संसारभरका होटल र क्यासिनोहरूलाई अवार्ड वितरण गर्दै आएको छ।
क्यासिनो माजोङले चौथोपटक पायो दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड

काठमाडौं, मंसिर ९ : काठमाडौस्थित क्यासिनो माजोङले दक्षिण एसियास्तरको प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ।

क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको हो। यस्तै, क्यासिनो माजोङका महाप्रबन्धक अमूल्य राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर साउथ एसिया’ अवार्ड प्राप्त गरेका छन्।

भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया’ले बर्सेनि संसारभरका होटल र क्यासिनोहरूलाई अवार्ड वितरण गर्दै आएको छ। नयाँदिल्लीस्थित होटल अशोकमा आयोजित भव्य समारोहमा क्यासिनो माजोङले शुक्रबार (२४ नोभेम्बर) ती अवार्ड प्राप्त गरेको हो।

Hardik ivf

क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाएको यो तेस्रोपटक हो। होटल सोल्टी परिसरको यो क्यासिनो नेपालकै नम्बर १ क्यासिनो हो।

यसअघि क्यासिनो माजोङले तीनवटा अवार्ड सोही इभेन्टमा प्राप्त गरिसकेको छ। गत वर्ष सन् २०२२ मा उक्त क्यासिनोले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाएको थियो।

सन् २०२० र २०२१ मा कोभिड महामारीका कारण अवार्ड वितरण भएन। यस्तै, सन् २०१९ मा पनि क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाएको थियो। र, सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको थियो।

New-Project-1700878792.jpg

यस्तै, नेपालगञ्जस्थित क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड प्राप्त गरेको छ।

‘दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई प्रबर्द्धन गर्न उक्त अवार्ड फंक्सन आयोजना गरिँदै आएको छ,’ महाप्रबन्धक राणाले भने, ‘त्यसमा नेपालको क्यासिनोले क्षेत्रीय स्तरको अवार्ड निरन्तर प्राप्त गर्नु प्रतिष्ठाको विषय हो।’ उनका अनुसार क्यासिनो माजोङले बर्सेनि लाखौं विदेशी पर्यटक नेपाल भित्र्याउँदै आएको छ। र, उक्त अवार्ड त्यसैको प्रतिफल हो। ‘यो दक्षिण एसियामा रिकग्नाइज्ड अवार्ड हो,’ राणाले भने।

दक्षिण एसियामा कसले बेस्ट हस्पिटालिटी कसले दिएको छ भनेर ‘हस्पिटालिटी इन्डिया’ले गम्भीर अध्ययनपछि अवार्डका लागि छनोट गर्छ। कुन क्यासिनोको ट्रान्जेक्सन कस्तो छ अनि भिजिटरको संख्यालगायत पाटोमा ‘हस्पिटालिटी इन्डिया’ले अध्ययन गरेर अवार्डका लागि छनोट गर्छ। र, सम्बन्धित मुलुकको बजारमा कसको बढी क्रेज छ र कुन क्यासिनो लोकप्रिय छ भनेर अध्ययनपछि मात्र अवार्डका लागि छनोट गरिन्छ।

‘हस्पिटालिटी इन्डिया’मा भारतको पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू, भारतको पर्यटन बोर्ड, भारतीय पर्यटन मन्त्रालयका अधिकारीहरू आबद्ध छन्। भारत पर्यटन विकास निगम लिमिटेडको यसमा विशेष संलग्नता छ।

भारतका पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भट्ट, महाराष्ट्रका पूर्वगभर्नर तथा उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोस्यारी र गान्धी समितिका उपाध्यक्ष तथा पूर्व युवा तथा खेलकुद राज्यमन्त्री विजय गोयलले अवार्ड वितरण गरेका थिए। यो ‘इन्टरनेसनल हस्पिटालिटी एन्ड ट्राभल अवार्ड’को १८ औं शृंखला हो।

ट्राभल एन्ड हस्पिटालिटी अवार्डमार्फत पर्यटन उद्योगका विभिन्न क्षेत्रका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने गरिन्छ। उत्कृष्ट होटेलहरू, क्यासिनोहरू, टुर अपरेटरहरू, स्पा एन्ड वेलनेस सुविधा प्रदायकहरू, रेस्टुराँ तथा प्रविधि र अन्वेषण कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिँदै आएको छ।

प्रकाशित मिति: ०८:०३ बजे, शनिबार, मंसिर ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्