चन्द्रयान ३ को अनुसन्धान यात्रा जारी, समयको महत्वपूर्ण दौडमा प्रज्ञान रोभर : निर्देशक देसाई
अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेसन सेन्टर (एसएसी) का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको र छ पाङ्ग्रे रोभरमार्फत अज्ञात दक्षिणी ध्रुवको अधिकतम दूरी तय गर्न काम गरिरहेको बताए।अहमदावाद, गुजरात, भदौ ११ : चन्द्रयान ३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको साथै पहिलो र दोस्रो उद्देश्य सफलतापूर्वक पूरा भएपछि यसको तेस्रो उद्देश्यका लागि अघि बढिरहेको भारतीय वैज्ञानिकहरूले बताएका छन्।
अन्तरिक्षसम्बन्धी अध्ययन गर्ने भारतीय स्पेस अप्लिकेसन सेन्टर (एसएसी) का निर्देशक निलेश एम देसाईले चन्द्रयान–३ को रोभर मोड्युल प्रज्ञान समयको दौडमा रहेको र छ पाङ्ग्रे रोभरमार्फत अज्ञात दक्षिणी ध्रुवको अधिकतम दूरी तय गर्न काम गरिरहेको बताए।
वैज्ञानिकका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ पछि मात्र ‘वास्तविक काम’ सुरु हुन्छ। गत अगष्ट २३ मा चन्द्रयान–३ को ल्यान्डर मोड्युल चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेपछि भारतले ठूलो फड्को मारेको थियो। अमेरिका, चीन र रुसपछि चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने यो चौथो देश बनेको छ।
भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन ९इसरो० को एक प्रमुख केन्द्र स्पेस एप्लिकेसन सेन्टरका निर्देशक देसाईका अनुसार चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ, प्रज्ञान रोभरको गति र ‘पेलोड’ को माध्यमबाट विज्ञानको डाटा प्राप्त गर्ने, छ पाङ्ग्रे रोभर र ल्यान्डर विक्रमसँग जोडिएको छ। ट्रान्समिटेड डाटाको अंश पेलोडको उद्देश्य सन्देश प्राप्त गर्नु हो। 'हाम्रा दुई मुख्य उद्देश्य सफलतापूर्वक पूरा भएका छन्, तर हाम्रो तेस्रो उद्देश्य जारी छ,' उनले भने।
प्रज्ञान रोभर समयको दौडमा रहेको उल्लेख गर्दै उनले भने, 'हाम्रो ध्यान चन्द्रमाको दक्षिणी ध्रुवको धेरै भन्दा धेरै दूरीको क्षेत्रलाई समेट्ने हो। यसबाट प्रज्ञान रोभरले थप प्रयोगहरू गर्न सक्छ र हामी पृथ्वीमा विवरण (डेटा) प्राप्त गर्न सक्छौं।'
'हामीसँग यो मिसनका लागि जम्मा १४ दिन मात्र बाँकी छ, जुन चन्द्रमामा एक दिन बराबर हो, त्यसैले चार दिन पूरा भएको छ। बाँकी दस दिनमा हामीले गर्न सक्ने थप प्रयोग र अनुसन्धान महत्वपूर्ण हुनेछ। हामी समयको दौडमा छौं किनभने यी १० दिनमा हामीले अधिकतम काम गर्नुपर्ने छ र इसरोका सबै वैज्ञानिकहरू यसमा काम गरिरहेका छन्,' देसाईले भने।
वैज्ञानिकहरूले भोग्नुपरेको कठिनाइमा जोड दिँदै उनले भने, 'रोभरले चन्द्रमाको सतहमा दैनिक ३० मिटरको दूरी तय गरेकोमा १२ मिटर मात्र दूरी पार गरेको छ। यहाँ केही सेवा उपलब्ध नहुँदा रोभरको आवागमनमा पनि समस्या भइरहेको छ।'