डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता
यो रणनीतिक साझेदारीले नेपालका शहरी क्षेत्रहरूमा विद्यमान फोहोर व्यवस्थापनको चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ।
काठमाडौं, जेठ ३१ : नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्यका साथ लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच नेपालमा आधुनिक र डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।
यो रणनीतिक साझेदारीले नेपालका शहरी क्षेत्रहरूमा विद्यमान फोहोर व्यवस्थापनको चुनौतीलाई प्रविधिको माध्यमबाट समाधान गर्ने लक्ष्य राखेको छ।
यस सहकार्यले परम्परागत र अव्यवस्थित फोहोर संकलन प्रक्रियालाई विस्थापित गरी एकीकृत डिजिटल फोहोर व्यवस्थापन प्रणाली स्थापना गर्न जोड दिनेछ।
सम्झौताको महत्त्वबारे प्रस्ट पार्दै लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाले भने, ‘नेपालमा फोहोर व्यवस्थापन प्रणालीको डिजिटलाइजेसन डिजिटल इकोसिस्टम निर्माणको क्षेत्रमा एउटा ऐतिहासिक कोशढुङ्गा हो। प्रविधिको प्रयोगले हाम्रा समुदायहरूलाई स्वच्छ र स्मार्ट बनाउन मद्दत गर्नेछ।’
-1781435149.png)










