Kathmandu Press

सर्वोच्च पुगे दानबहादुर कार्की

मन्त्रिपरिषद बैठकले बुधबार उनलाई महानिरीक्षकबाट हटाएको थियो। आफूलाई पदबाट हटाउने सोही निर्णयविरुद्ध रिट लिएर उनी सर्वोच्च पुगेका हुन्।
सर्वोच्च पुगे दानबहादुर कार्की

काठमडौं, कात्तिक १९ : निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन्।

मन्त्रिपरिषद बैठकले बुधबार उनलाई महानिरीक्षकबाट हटाएको थियो। आफूलाई पदबाट हटाउने सोही निर्णयविरुद्ध रिट लिएर उनी सर्वोच्च पुगेका हुन्। 

अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट दर्ता हुने वा नहुने टुंगो लाग्छ। 

सरकारले  कार्कीलाई हटाएर मनोज केसीलाई महानिरीक्षक नियुक्त गरेको थियो। 

प्रकाशित मिति: १३:०८ बजे, बिहीबार, कात्तिक १९, २०८३