Kathmandu Press

वर्षाले खेर रद्द भएपछि नेपाल फाइनलमा

कीर्तिपुरस्थित टियूम मैदानमा भारी वर्षाका कारण कुवेतविरुद्धको सेमिफाइनल रोकिएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनका आधारमा फाइनलमा पुगेको छ।
वर्षाले खेर रद्द भएपछि नेपाल फाइनलमा

काठमडाैं, वैशाख १६ : नेपाल एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियू  मैदानमा भारी वर्षाका कारण कुवेतविरूद्धकाे सेमिफाइनल खेल बीचमै रोकिएपछि नेपाल फाइनलमा पुगेको हो।

समूह चरणमा गरेको प्रदर्शनका आधारमा नेपालले फाइनल पुगेको हो। नेपालले समूह चरणमा ४ मध्ये ३ खेल जितेको थियो भने एक खेल वर्षाले रद्द भएको थियो । यता, कुवेतले भने समूहका ३ खेल जित्दा १ खेल हारेको थियो।

अब साेमबार हुने फाइनलमा नेपालले ओमान र युएईमध्ये एकसँग खेल्ने छ।

त्यसअघि वर्षाकै कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपाल दिएको १८२ रनको लक्ष्या पछ्याएको कुवेतले ८.३ ओभरमा ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । कुवेतको लागि कप्तान मोहम्मद अस्लमले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकाम स्कोर बनाउन सकेका छैनन्।

फास्ट बलर करण केसीले घातक बलिङ गरेपछि कुवेतको माथिल्लो क्रम ध्वस्त भएको थियो । घातङ बलिङ गरेका करणले ४.३ ओभरमा १ मेडनसहित १० रन मात्र खर्चेर ५ विकेट लिएका छन्। जारी प्रतियोयितामा ५ विकेट लिने नेपालका दोस्रो खेलाडी हुन्। यस्तै, सोमपाल कामीले पनि १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेल र कुशल मल्लको अर्धशतक मद्दतमा ४२ ओभरमा ९ विकेटका क्षतिमा २८१ रन बनाएको थियो।

कप्तानी इनिङ खेलेका रोहितले ९५ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ९४ रन बनाए। यस्तै, यस्तै, युवा अलराउन्डर कुशल मल्लले ४४ बलमा समान समान ४ चौका र छक्का प्रहार गर्दै ५७ रन बनाए। यी दुईले चौथो विकेटका लागि १०९ रनको साझेदारी गरेपछि नेपालले ठूलो योगफल बनाएको हो।

त्यसअघि नेपाललाई ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले राम्रो सुरुआत दिए। उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए।

कुशलले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा आसिफले २८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए। भीम सार्की ४ बलमा १ रन बनाएर आउट भए।

कुवेतका अदन इद्रिस र मोहम्मदल अस्लमले समान ३ विकट लिए।

प्रकाशित मिति: १६:५० बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्