Kathmandu Press

कुवेतविरुद्ध करणको घातक बलिङ, लिए ५ विकेट

घातङ बलिङ गरेका करणले ४.३ ओभरमा १ मेडनसहित १० रन मात्र खर्चेर ५ विकेट लिएका छन्। जारी प्रतियोयितामा ५ विकेट लिने नेपालका दोस्रो खेलाडी हुन्।
कुवेतविरुद्ध करणको घातक बलिङ, लिए ५ विकेट

काठमाडाैं, वैशाख १६ : एसिसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतविरुद्ध फास्ट बलर करण केसीले घातक बलिङ गरेपछि ८.३ ओभरमा ३७ रन बनाउँदा ६ विकेट गुमाएको छ।

योसँगै नेपाल जिततर्फ अग्रत भएको छ।

घातङ बलिङ गरेका करणले ४.३ ओभरमा १ मेडनसहित १० रन मात्र खर्चेर ५ विकेट लिएका छन्। जारी प्रतियोयितामा ५ विकेट लिने नेपालका दोस्रो खेलाडी हुन्।

कुवेतको लागि कप्तान मोहम्मद अस्लमले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकाम स्कोर बनाउन सकेका छैनन्। करणका अलावा सोमपाल कामीले पनि १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले रोहितकुमार पौडेल र कुशल मल्लको अर्धशतक मद्दतमा ४२ ओभरमा ९ विकेटका क्षतिमा २८१ रन बनाएको थियो।

यसैबीच खेल वर्षाका कारण फेरि रोकिएको छ। यसअघि पहिलो इनिङमा खेल वर्षाले प्रभावित भएको थियो। वर्षाले खेल हुन नसके नेपाल समूहको विजेताका रुपमा फाइनल पुग्ने छ।

प्रकाशित मिति: १५:३२ बजे, शनिबार, वैशाख १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्