वर्षाका कारण नेपाल र कुवेतबीचको खेल रोकियो
पहिला ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिँदा २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ। क्रिजमा कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।
काठमाडाैं, वैशाख १६ : कीर्तिपुरस्थित टियू मैदानमा जारी एसिसी प्रिमियर लिगअन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले प्रभावित गरेको छ। खेलको पहिलो इनिङको २४औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको छ।
टियू मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिँदा २३.२ ओभरमा ३ विकेटको क्षतिमा १४१ रन बनाएको छ। क्रिजमा कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रन बनाएर खेलिरहेका छन्।
त्यसअघि नेपाललाई ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेखले राम्रो सुरुआत दिए। उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। त्यसपछि १३ रन बनाउँदा ३ विकेट गुमाएपछि नेपाल दबाबमा परेको थियो।
कुशलले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाउँदा आसिफले २८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३१ रन बनाए। भीम सार्की ४ बलमा १ रन बनाएर आउट भए।
कुवेतका अदन इद्रिसले २ तथा मोहम्मदल अस्लमले १ विकट लिए।











