Kathmandu Press

‘सोलो ट्राभल’ का लागि उत्तम दोर्दीका तीन ट्रेकिङ गतव्य

चारदिने रुट दोर्दी नौथर सेराबाट सुरु हुन्छ र इलमपोखरी, लिपे लेक, दाम्राङ हुँदै फेरि नौथरसेरामै झर्न सकिन्छ। आठदिने रुटमा नौथर सेरा, इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड, ताँजेबाट फेरि नौथर सेरासम्मको यात्रा गर्न सकिन्छ।
‘सोलो ट्राभल’ का लागि उत्तम दोर्दीका तीन ट्रेकिङ गतव्य

काठमाडौं, चैत १८ : रमणीय दृश्य हेर्दै पदयात्रा गर्न चाहनुहुन्छ ? पुराना गतव्य पुगिसक्नुभएको छ भने लमजुङको दोर्दी गाउँपालिकाले पदयात्राका लागि नयाँ गतव्य पहिचान गरेको छ।

पछिल्लो समय पर्यटकहरू ‘सोलो ट्राभल’ (एक्लै पदयात्रा) गर्न रुचाउँछन्। विशेषगरी सहरी क्षेत्रमा बसोबास गर्ने धेरै मानिस ‘सोलो ट्राभल’ गर्दै विभिन्न ठाउँ पुग्ने गर्छन्। धुलोधुवाँबाट टाढा रहेर गरिने पदयात्रामा युवायुवतीको ‘क्रेज’ बढ्दो छ।

२०७४ सालमा तीन तहको सरकार बनेपछि स्थानीय तहले पर्यटन प्रवद्र्धनमा बढी चासो देखाउन थालेका छन्। स्थानीय तहले नयाँनयाँ गतव्य, पार्क बनाइरहेका छन्। तीमध्ये दोर्दी गाउँपालिकाले तीनवटा नयाँ ट्रेकिङ रुट पहिचान गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए। ‘एउटा गतव्य पदयात्रा गर्न तयार भइसकेको छ भने दुई गतव्यको रुट पत्ता लागेको छ,’ उनले भने।

अध्यक्ष अधिकारीले फागुन तेस्रो सातातिर काठमाडौंमा पत्रकार सम्मेलन गरी तीन नयाँ गतव्य बनेको बताएका हुन्। उनले दोर्दीमा रमणीय प्राकृतिक सम्पदा रहेको जानकारी दिए। ‘प्राकृतिक सम्पदा हेर्दै पदयात्रा गर्दा निकै रमाइलो हुन्छ। पदयात्राका बस्ती नभेटिने भएकाले फरक अनुभव सँगाल्न सकिन्छ,’ अध्यक्ष अधिकारीले भने, ‘अहिले चार दिने रुट तयारी अवस्थामा छ।’

तीनमध्ये चारदिने रुटमा पर्यटक जान सहज भइसकेको छ। चारदिने रुट दोर्दी नौथर सेराबाट सुरु हुन्छ र इलमपोखरी, लिपे लेक, दाम्राङ हुँदै फेरि नौथरसेरामै झर्न सकिन्छ। आठदिने रुटमा नौथर सेरा, इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्ड, ताँजेबाट फेरि नौथर सेरासम्मको यात्रा गर्न सकिन्छ।

bbb1680342171.jpg

आठ दिने यात्राका क्रममा कुनै पनि सडक वा बाक्लो बस्ती भेटिँदैन। यी रुटमा भेडी गोठ मात्र कतैकतै भेटिने गाउँपालिका अध्यक्ष अधिकारी बताउँछन्। ‘टे«क रुटमा आवश्यक पर्ने शौचालय, खानेपानीको व्यवस्था भइसकेको छैन,’ उनले भने, ‘आठ दिने ट्रेक रुटलाई बिस्तारै पर्यटक जान मिल्ने गरी आवश्यक पूर्वाधार निर्माण गर्ने क्रममा छ।’
त्यस्तै ११ दिने रुट नौथर सेराबाट सुरु भई इलमपोखरी, लिपे लेक, नौटाँचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा, बाह्र पोखरी हुँदै हिले टक्सार, पुरानो दुवार वा पिस हिलतर्फबाट बेंसीसहर पदयात्रा गर्न सकिन्छ।

यी तीनवटै रुट पदयात्राका लागि नयाँ गतव्य हुन्। यी टे«क रुट अन्य गतव्यभन्दा फरक छन्। पदयात्रा गर्दा विशेषगरी कुनै एउटा नयाँ गतव्यमा पुग्न सकिन्छ। तर यी तीन नयाँ गतव्यमा पदयात्रा गर्दा बाटोभरि मनोरञ्जन लिन मिल्ने वातावरण छ। ‘पदयात्रा गर्दा दिक्कलाग्दो बाटो छैन,’ गाउँपालिका अध्यक्ष अधिकारीले भने, ‘रमणीय दृश्य हेर्दै यात्रा गर्न सकिन्छ ।’

यी तीन रुटमा पदयात्रा गर्दा ३ हजार १०५ मिटरदेखि ४ हजार २५० मिटरको उचाइमा पुगिन्छ। यात्राका क्रममा गुफा, डाँडै ढाक्नेगरी फुलेका लालिगुराँस हेर्दै पदयात्रा गर्न सकिने पर्यटन व्यवसायी बलराम थापा बताउँछन्। उनले चार दिने रुटमा पदयात्रा गरेको बताए। उक्त गतव्यमा पर्यटकको मन लोभ्याउने वातावरण भएको उनी सुनाउँछन्। ‘दुई दिनको ट्रेक लालिगुरास फुलेको हेर्दै कट्छ भने दुई दिन हिमाल हेर्न पाइन्छ,’ पर्यटन व्यवसायी थापाले भने, ‘दोर्दी गाउँपालिकाले धेरै पर्यटकीय सम्भावना बोकेको रहेछ।’

lipi1680342171.jpg

गाउँपालिका अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिका मर्दीभन्दा धेरै सम्भावना बोकेको क्षेत्र भएको दाबी गरे। प्रचारप्रसार नभएर मात्र दोर्दी ओझेलमा परेको उनको भनाइ छ। ‘मर्दीभन्दा रमणीय दृश्य दोर्दीमा छन्,’ उनले भने, ‘प्रचारप्रसार गर्न सके उपत्यकाबाट नजिकै पर्नेमध्येको उत्कृष्ट ट्रेक रुट बन्न सक्छ।’

काठमाडौंबाट १८० किलोमिटरमा यात्रा गरे जोर्ने पुगिन्छ। पोखराबाट त्यहाँ पुग्न चार घन्टा पैदलयात्रा गर्नुपर्छ। अहिलेको धेरै ट्रेक रुटमा सडक बनाएर सवारीसाधन चलाउन थालिएको छ। तर यी तीन गतव्यमा सडक छैन। ‘माथिल्लो भागमा बस्ती नभएका कारण सडक छैन, त्यसैले सवारीसाधनको धुलोधुँवा र आवाजले सताउँदैन,’ उनले भने, ‘प्रचारप्रसार गर्न सके नेपालकै उत्कृष्ट गतव्य बन्न सक्छ।’

यी रुटमा पदयात्रा गर्दा डाँडाकाँडा, झरना, खोलाकोप्चा हेर्दै यात्रा गर्न सकिन्छ। दोर्दी–६ मा सात स्थानमा हनी हन्टिङ गर्न सकिने सम्भावना छ। लालीगुराँस वन, घोरेपानीभन्दा पनि उत्कृष्ट लिपे लेक छ। ‘घोरेपानी ३ हजार २१० मिटर उचाइमा छ। लिपे लेकको उचाइ ३ हजार १०५ मिटर हो,’ उनले भने, ‘त्यहाँ नटाँचे (लसुनको साग पाउने ठाउँ) पनि भेटिन्छ। त्यहाँ धेरै प्रकारका जडिबुटी पाइन्छन्। रमाइला घाँसे मैदान र भेडीगोठ पनि छन्।’

त्यस्तै ४२ सय ५० देखि ४५ सय मिटर उचाइमा मेमे पोखरी छ। मेमे अर्थात् तामाङ भाषामा बाजे पोखरी। कास्कीको मोर्दी अहिले चर्चित छ। यी तीन गतव्यमा पर्यटक पुगे दोर्दीलाई अर्कै बनाउन सकिने गाउँपालिका अध्यक्ष अधिकारी बताउँछन्।

WhatsApp Image 2023-03-02 at 14.01.40_16777675911680342171.jpeg

बाह्रपोखरी, दाम्राङ पोखरीलगायत १२ भन्दा धेरै आकर्षक पोखरी दोर्दीमा छन्। यी आकर्षक गतव्यलाई पालिकाका नौ वटै वडाबाट जोड्न सकिने सम्भावना रहेको उनी बताउँछन्। अन्य छिमेकी पालिका (दूधपोखरी, मस्याङ्दी र बेंसीसहर) बाट पनि जोड्न सकिने उनको भनाइ छ। ‘दोर्दी खोलामा ४ वटा हाइड्रोपावर छन्, तीनवटा बनिसकेका छन् भने एउटा बन्ने क्रममा छ,’ अध्यक्ष अधिकारीले भने, ‘दोर्दीलाई हाइड्रो पावरको क्षेत्रका रूपमा समेत चिनाउन सकिन्छ।’

हाइड्रो पावर, हिमालीय दृश्य, लालीगुराँस वनले पर्यटकलाई तान्न सक्छन्। दोर्दीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पर्यटन बोर्ड, मन्त्रालय, विभागसँग अध्यक्ष अधिकारीले पहल गरिरहेका छन्। ‘दोर्दीलाई पर्यटकीय नगरका रूपमा पहिचान गराउन चालु आर्थिक वर्ष ५९ लाख रुपैयाँ बजेट छुट्याइएको छ,’ उनले भने।

केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यका रूपमा यस गाउँपालिकाभित्र अनेकौं स्थान छन्। ७ हजार ८८३ मिटर उचाइको हिमालचुली हिमाल गाउँपालिकाभित्रै छ। हिमाल चढ्ने स्थानका रूपमा विकास गर्न सकिने सम्भावना छ। त्यसबारे अध्ययन भइरहेको उनको भनाइ छ। ‘पालिकाको लिपे लेकबाट नौटाँचे, दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाङ निस्कन सकिन्छ,’ उनले भने।

पछिल्लो समय मेमे पोखरीले पदयात्रालाई रमणीय बनाएको छ। पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ। पूर्वी रुटको लिपे लेक र पश्चिम रुटको मेमेपोखरी जोड्न अहिले पालिकाले काम गरिरहेको उनले बताए। ‘इलमपोखरी–लिपे–दाम्राङ छोटो समयको उत्कृष्ट ट्रेकिङ रुचाउने व्यक्तिका लागि र हिमाल आरोहणअघिको वार्मअपका रूपमा पदयात्रा सकिन्छ,’ उनले भने।

abccc1680342281.jpg

उनका अनुसार फागुन–चैतमा पदयात्रा गर्दा विभिन्न रङका लालीगुराँस फुलेकाले यात्रा अझै रोचक हुन्छ। यी नयाँ रुटमा पदयात्रा गर्दा पर्यटक निराश हुनुनपर्ने उनी बताउँछन्। ‘पर्यटकलाई सहज होस् भनेर ट्रेक रुटमा पर्ने भेडीगोठहरूलाई सेल्टरका रूपमा विकसित गर्ने कार्य भइरहेको छ,’ उनले भने, ‘पदयात्रा गरिरहँदा हावाहुरी वा हिमपात भए भेडीगोठलाई सेल्टर बनाउन सकिन्छ।’

यी रुटहरूबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको दृश्य देख्न सकिन्छ। ‘अहिले चार दिने टे«क रुटमा पर्यटक जान मिल्ने बनाइसकेका छौं,’ अध्यक्ष अधिकारीले भने, ‘चार दिने टे«क गर्दा लगभग १० हजार रुपैयाँ खर्च गरे पुग्छ।’

प्राकृतिक सुन्दरता भएको ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए। ‘सम्भावना भएको ठाउँलाई पर्यटकीय नगरका रुपमा प्रवद्र्धन ग¥यौं,’ उनले भने, ‘भौतिक संरचनाले होइन, प्राकृतिक सुन्दरताले पर्यटकको मन जित्छ भन्ने हिसाबले प्राकृतिक रूपमा सुन्दर ठाउँको प्रवद्र्धन र प्रचारप्रसार गरेका हौं।’

 

प्रकाशित मिति: १५:२३ बजे, शनिबार, चैत १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्