Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १३ दललाई आयोगको स्विकृति

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ।
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन १३ दललाई आयोगको स्विकृति

काठमाडौं, मंसिर १९ : राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगले विभिन्न १३ वटा राजनीतिक दललाई स्वीकृत गरेको छ। 

निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका १३ वटै दललाई आयोगले स्वीकृत गरेको हो। ती दलहरूलाई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ। 

मतपत्रमा क्रमशः नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी–नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी र तराई÷मधेश लोकतान्त्रिक पार्टीको क्रम निर्धारण भएको छ।

नागरिक उन्मुक्ति पार्टी, नेपाल र श्रम संस्कृति पार्टीको निर्वाचन चिह्न मतपत्रको अन्तिममा राखिएको छ। आयोगका अनुसार दर्ता स्वीकृत भएको र क्रम निर्धारण गरिएको सबै दलको निर्वाचन चिह्न सात वटै प्रदेशमा एकैखालको हुनेछ। 

राष्ट्रिय सभा सदस्यको १८ पदका लागि निर्वाचन हुँदैछ । जसअनुसार कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ।

प्रकाशित मिति: १४:४७ बजे, शुक्रबार, मंसिर १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्