Kathmandu Press

आज बालुवाटारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल 

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई डाकिएको छ। 
आज बालुवाटारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल 

काठमाडौं, मंसिर १९ : आगामी फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र पक्षमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख पाँच दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग सर्वपक्षीय छलफल गर्दैछिन्।

अपराह्न चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ। छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई डाकिएको छ। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा जेनजी प्रतिनिधिलाई पनि बोलाइएको छ। 

बैठकमा निर्वाचनसँग सम्बन्धित समग्र पक्षमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। निर्वाचन आयोगका प्रतिनिधिले आयोगले निर्वाचनबारे भएको तयारी तथा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराउने भएका छन्। 

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था र सम्भावनाका बारेमा समेत छलफल हुने भएको छ। 

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, मंसिर १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्