Kathmandu Press

शेयर बजार आज केहि सकारात्मक, अब के होला?

काठमाठौं, पुस ६ : अघिल्लो साता बिक्रेताको चाप रहेकोमा यो साताको पहिलो कारोबार दिन आईतबार उक्त चाप कमजोर देखिन्छ। 

आज नेप्से परिसूचक १ द....

शेयर बजार आज केहि सकारात्मक, अब के होला?

काठमाठौं, पुस ६ : अघिल्लो साता बिक्रेताको चाप रहेकोमा यो साताको पहिलो कारोबार दिन आईतबार उक्त चाप कमजोर देखिन्छ। 

आज नेप्से परिसूचक १ दशमलव १७ले  बढेर ११५० दशमलव ८१को विन्दुमा बन्द भएको छ। दोश्रो बजार ० दशमलव १० प्रतिशतले बढेको छ। दोश्रो बजार ११४९ दशमलव ६२ को विन्दुमा खुलेको थियो भने ११५१ दशमलव ३७ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११४७ दशमलव ६७ थियो। आज ३७ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  

Hardik ivf

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ४ करोड ७६ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज शिवम् सिमेन्ट्सका शेयरधनीले सर्वाधिक ९ दशमलव  ७६ प्रतिशतले कमाए भने नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ८१ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो दिनको निश्कर्ष अनुसार बजारको तत्कालिन प्रतिरोध ११५५ र मुख्य टेवा ११४७ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार यहि क्षेत्रभित्र सिमित रहि उतारचडाब भएको छ । आज बजार ११५० दशमलब ८१ को बिन्दुमा बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हालबजार ११५० को मुख्य टेवा क्षेत्रमा नै उतारचडाब भएको देखिन्छ। प्राविधिक रुपमा यो क्षेत्रमा खरिदकर्ता पुन सक्रिय हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। आजको मैनबत्तीले ‘डोजी’ आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ता अन्योल अवस्थामा रहेको संकेत गरेको छ। परिमाण भने सामान्य रहेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, तिन दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। दुई कारोबार दिनदेखि घट्दो प्रवृत्तिमा भएको बजार आज प्रवृत्तिहिन रहेको छ। यसले बजारमा विक्रेताको चाप कमजोर हँदै गएकोे संकेत गर्दछ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु आज ‘गोल्डन क्रस’ बनाएको छ। यसले बजार बढ्न सक्ने संकेत गर्दछ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ६० दशमलब ४३ अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्ति सकारात्मक हुन थालेको देखिएको छ। 

निश्कर्ष  

माथि उल्लेखित छोटो समयावधिको सूचकहरुले प्रारम्भिक रुपमा सकारात्मक संकेत गरे पनि नेप्सेको प्रवृत्तिले पनि समर्थन गर्नु जरुरी हुन्छ। समग्रमा हेर्दा यदि बजार ११६० भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालिन प्रतिरोध ११८० को क्षेत्रमा रहेको देखिन्छ। तर यदि बजार ११४७ भन्दा तल स्थिर रहेमा बजार केहि नकारात्मक पक्षमा हुन सक्ने संकेत गरेको छ। 


 

प्रकाशित मिति: १७:३५ बजे, आइतबार, पुस ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्