Kathmandu Press

दशैंमा गाउँ फर्किन शुरू, तर सडक सुधार नहुँदा सास्ती

दशैंका लागि शहरबाट गाउँ फर्किन शुरू भइसकेको छ, तर सडक मर्मतसम्भार नहुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ।
दशैंमा गाउँ फर्किन शुरू, तर सडक सुधार नहुँदा सास्ती

काठमाडौं, असोज ९ : दशैंका लागि शहरबाट गाउँ फर्किन शुरू भइसकेको छ, तर सडक मर्मतसम्भार नहुँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ।

दशैंका लागि ठूलो संख्यामा मानिस उपत्यकाबाट बाहिरिने गर्छन्। देशका अन्य शहरबाट पनि गाउँ फर्किनेको संख्या धेरै हुन्छ। यस्तो वेला देशका सडक भने ठीक अवस्थामा छैनन्।

कतै बाढी र पहिरोले सडक अवरुद्ध भइरहेका छन् भने कतै भत्किएका सडक मर्मत हुन नसक्दा गाडी चल्न सकेका छैनन्। कतिपय सडक त एकतर्फी मात्रै सञ्चालनमा छन्।

Hardik ivf

यो वर्षको शुरुआतदेखि नै बाढी र पहिरोले अवरुद्ध भएका सडकखण्ड अझै खुल्न सकेका छैनन्। अहिले पनि मनसुन सक्रिय भएकाले बाढी र पहिरो जाने क्रम यथावत छ। अझ ग्रामीण क्षेत्रका कच्ची सडक त जोखिमयुक्त छन्।

बाढी र पहिरोका कारण देशभरका पाँच राजमार्ग अवरुद्ध छ भने २२ वटा राजमार्ग एकतर्फि मात्र सञ्चालन भइरहेका छन्। त्यस्तै, एक सय ४१ राजमार्ग दुईतर्फ सञ्चालन भइरहेको सडक विभागको तथ्यांक छ।

विभागका उप-महानिर्देशक तथा प्रवक्ता भिमार्जुन अधिकारीले दशैं आउनु एक महिनाअघिदेखि नै मुख्य राजमार्गमा भएका खाल्डाखुल्डी पुर्ने काम भएको बताए। प्रत्येक डिभिजन कार्यालयले पनि सडक अवरोध हटाउन काम गरिरहेको उनको भनाइ छ।

‘सडक विभागले तत्काल खल्डाखुल्डी पुर्ने काम गरिरहेको छ,’ प्रवक्ता अधिकारीले भने, ‘डिभिजन कार्यालयले पनि आफ्ना कर्मचारी खटाएर सडक मर्मत काम गरिरहेका छन्।’

उपत्यका बाहिरिने सवारीको चाप बढ्ने समय अवधिसम्म अवरुद्ध भएका सडकलाई सञ्चालनमा ल्याउनेगरी काम भइरहेको उनले बताए। ‘सकेसम्म दशैंका अवरुद्ध भएका सडकलाई एकतर्फी र एकतर्फी सञ्चालन भएका सडकलाई दुईतर्फी खोल्ने प्रयासमा छौँ,’ उनले भने।

यी हुन् अवरुद्ध रहेका सडक

बाढी र पहिरोले क्षति भएका कारण देशका विभिन्न ठाउँका पाँच वटा राजमार्गमा अवरुद्ध छन्। जहाँ बैकल्पिक व्यवस्था पनि गर्न सकिएको छैन। यात्रुलाई लामो यात्रा गरेर वा डराइ-डराई यात्रा गर्नुपर्ने बाध्यता छ।

पहिरोले साँफेबगर-मार्तडी-कोल्टी राजमार्ग अवरुद्ध छ। यो राजमार्गको अम्कोट-बल्दे, बाजुरा बाढी पहिरोको कारणले अवरुद्ध भएको हो। दुई सातादेखि अवरुद्ध भएको सडक सञ्चालन हुन नसकेको सडक डिभिजन, साँफेबगर कार्यालयले जनाएको छ।

pahiro-1024x5761664080292.jpeg

त्यस्तै, कोल्टी सडकमा बैकल्पिक बाटोको लागि स्थानीयसँगको जग्गा विवाद मिलाउने प्रयास भइरहेको कार्यालयका इन्जिनियर अर्बिनकुमार गुप्ताले बताए। ‘वर्षात र लेदो आउने क्रम रोकिए पश्चात यातायात खुलाउने कार्य सोही स्थानबाट हुनेछ। त्यतिञ्जेल बैकल्पिक बाटोको लागि सहमति जुटाउने प्रयास भइरहेको छ’ उनले भने।

बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी राजमार्ग पनि एक महिनादेखि अवरुद्ध छ। बनुवा र रसुवामा सडक अवरुद्ध भएका कारण बैकल्पिक बाटोको लागि पहल भइरहेको विभागले जनाएको छ।

विभागको तथ्यांकअनुसार, २१ दिनदेखि बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग) को हिउँदे खोला, पाल्पामा सडक अवरुद्ध भएको छ। सडक डिभिजन पाल्पाले सडक सुचारु गर्ने प्रयास गरिरहेको जनाएको छ।

डुम्रे-बेशीसहर-चामे राजगर्माको उदीपुर, लमजुङमा सडक अवरुद्ध भएको छ। यस्तै, जमुनाह-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा (कर्णली राजमार्ग) को हरे, सेतो भिर, रामघाट, किट्टु, दैलेख लगायतका स्थानमा सडक अवरुद्ध भएको सडक विभागको तथ्यांक छ। सडक डिभिजन कार्यायल सुर्खेतले अवरुद्ध सडक हटाउने प्रयास गरिरहेको जनाएको छ।

२२ सडक एकतर्फी सञ्चालन

बाढी र पहिरोले क्षति हुँदा अहिले २२ राजमार्ग एकतर्फि रुपमा मात्र सञ्चाल भइरहेका छन्। रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले-लेघुवाघाट-तुम्लिङटार-खाँदवारी (कोशी राजमार्ग) संखुसभामा सडक अवरुद्ध हुँदै आएको छ। निरन्तर वर्षाका कारण पहिरो खोल्न कठिनाई भएरहेको र करिब २०० मिटरमाथिबाट पहिरो झरिरहेकाले दुई महिनादेखि एकतर्फि मात्र सञ्चालन भइरहेको छ।

नौविसे-मुग्लिन-पोखरा (पृथ्वी राजमार्ग) को साँखर (बाँसबारी), तनहुँमा  सडक अवरुद्ध भएकाले एकतर्फि मात्र सञ्चालनमा रहेको विभागले जनाएको छ। डुम्रे-बेशीसहर-चामे राजमार्गको खरखरे, लमजुङमा अवरुद्ध भएको हो।
सिर्सिया-पथलैया, हेटौडा-भैंसे-पालुङ-नौविसे-काठमाडौं (त्रिभुवन राजपथ) को छत्तिस खोला, मकवानपुरमा पहिरो खसेकाले एकतर्फि सञ्चालन भइरहेको छ।

1625105890_Narayangad_muglin_sadak_pahiro_saun5_695758413.jpg

त्यस्तै, डुम्रे-बेशीसहर-चामे राजमार्गका लमजुङ, उदिपपुरमा सडक अवरुद्ध भएकाले एकतर्फि सञ्चालन भइरहेको छ। पुष्पलाल (मध्यपहाडी) राजमार्गको खहरे, दोबिल्ला, बागलुङमा अवरोध आएका कारण एकतर्फि मात्र सञ्चालनमा आएको छ। १४ दिनदेखि एकतर्फि सञ्चालन भएको सडक खोल्ने प्रयास भइरहेको छ।

त्यस्तै, जमुनाहा-नेपालगंज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा (कर्णाली राजमार्ग)को जारकोट, कालिकोटमा सडक अवरुद्ध हुँदा दुई महिनादेखि एकतर्फि आवतजावत भइरहेको छ। तानसेन-रिडी-कोरला राजमार्गको म्याग्दीको बसेरी र रुप्सेमा, अरनिको राजमार्गको तातोपानी-सिन्धुपाल्चोक, सुर्खेत-दैलेख-महावुलेख-गाल्जे, नाग्मा-गमगढी-नाक्चेलाग्ना राजमार्गको लुवाखेला बन्दे्रमा, छिन्चु-कुदु-जाजरकोट-दुनै-धो-तिन्जे-मरिम (भेरी करिडोर) राजमार्गको पोखरे बालुवा लगायतका स्थानमा पहिरोले एकतर्फि मात्रै सञ्चालन भइरहेको छ।

सडक मर्मत गर्न आग्रह

सडक मर्मत तथा निर्माणको काम स्थानीय, प्रदेश र संघीय सरकारबाट भइरहेका छन्। सम्बन्धित निकायलाई दशैंको अवसरमा सुरक्षित गतव्यमा पुर्‍याउन सडक मर्मत तथा स्तरउन्नोति गर्नका लागि पहल भइरहेको सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष भरत तिमल्सिनाले बताए।

सरकारलाई खाल्डाखुल्डी भएका सडक मर्मत तथा अवरुद्ध भएका सडक खुलाउन आग्रह गरेको उनले बताए। यसमा व्यवसायीले मात्र भनेर नहुने भएकाले सबै निकाय र आमनागरिकले दबाब दिनुपर्ने उनको भनाइ छ।

‘दशैंमा गाउँ जाने यात्रुलाई असुविधा नहोस् भन्ने हेतुले हामीले गर्नुपर्ने काम गरिरहेका छौँ,’ वरिष्ठ उपाध्यक्ष मिमल्सिनाले भने, ‘सरकारलाई झकझाकाउने काम भएको छ।’

गत वर्ष काठमाडौंबाट २० लाख यात्रु बाहिरिएका थियो। यो वर्ष त्योभन्दा बढी यात्रु बाहिरिने उनको भनाइ छ। त्यसैअनुसार, महासंघले तयारी गरेको उनले जानकारी दिए। घटनास्थापनादेखि टीकाको दिनसम्मै आवश्यकताअनुसार, थप गाडीको व्यवस्था गरिने वरिष्ठ उपाध्यक्ष तिमल्सिनाले बताए।

प्रकाशित मिति: ०८:२५ बजे, आइतबार, असोज ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्