Kathmandu Press

महाराजगञ्जमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटावार्ता

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए। 
महाराजगञ्जमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटावार्ता

काठमाडौं, मंसिर १८ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ।

पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली कांग्रेस सभापति देउवालाई भेट्न महाराजगञ्जस्थित निवास पुगेका थिए। 

ओलीको सचिवालयले जनाए अनुसार उनीहरूबीच शुक्रबार दिउँसो भेटवार्ता भएको थियो । उनीहरूको भेटवार्तामा देउवा पत्नी डा.आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी थिइन्। 

दुई नेताबीच परिवर्तित राजनीतिक परिस्थिति, आगामी निर्वाचनलगायत विषमयमा छलफल भएको जनाइएको छ। 

प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, मंसिर १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्