Kathmandu Press

खप्तड लघुवित्तकाे बाँडियाे आइपिओ, १२ हजार ३४० जनालाई १०/१० कित्ता

काठमाडौं, भदौ १९ : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार आइपिओ...
खप्तड लघुवित्तकाे बाँडियाे आइपिओ, १२ हजार ३४० जनालाई १०/१० कित्ता

काठमाडौं, भदौ २० : खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट गरिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार आइपिओ बाँडफाँट गरिएको हो।

आवेदन दिने १८ लाख ८३ हजार १ सय १८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएको कम्पनीले जनाएको छ। अन्य कारणले १ हजार ५ सय ५१ आवेदन रद्द भएको जनाइएको छ। ९८ हजार ४ सय ९३ बाहेक बाँकी रहेका १७ लाख ८३ हजार ७४ वटा योग्य आवेदनमध्येबाट १२ हजार ३ सय ४० जनालाई १०/१० कित्ता सेयर बाँडफाँड गरिएको हो। 

Hardik ivf

भदौ ८ देखि १२ गतेसम्म सार्वजनिक रूपमा निष्काशन खुला गरिएको खप्तड लघुवित्तले कुल शेयर १ लाख ३२ हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ६ हजार ६ सय कित्ता तथा कर्मचारीलाई जारी पूँजीको ०.५ प्रतिशत बराबर २ हजार कित्ता छुट्याई बाँकी रहेको १ लाख २३ हजार ४ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्कासनको करिब १६८.६४ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँट सम्पन्न गरिएको हो। 

आइपिओ परेनपरेको जानकारी प्रभु क्यापिटलको वेबसाइट तथा सिडिएससीको वेबसाइटबाट हेर्न सकिन्छ। हाल संस्थापकतर्फ लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको र आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्युयर बिबी माइनस’ रेटिङ प्रदान गरेको छ।

प्रकाशित मिति: १२:४१ बजे, सोमबार, भदौ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्