Kathmandu Press

ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

मैवाखोला गाउँपालिका* साँघुका निर्मला लिम्बुले भूकम्पको कम्पन्नले आफूहरु त्रसित भएको सुनाए । कम्पन रोकिनसाथ आफन्तलाई फोन गरेर जानकारी लिएपछि मात्र मनले शान्ति पाएको अनुभव सुनाए।
ओलाङचुङगोला केन्द्रविन्दु भएर पटक–पटक भूकम्प, स्थानीयमा त्रास

ताप्लेजुङ, मंसिर ८ : ताप्लेजुङको फक्ताङ गाउँपालिका-७ ओलाङचुगोला केन्द्र विन्दु मानेर पटक*पटक भूकम्प जाने गरेको छ । 

०७७ साल यता मात्र ओलाङचुगोला केन्द्र विन्दु भएर चार पटक भूकम्प गएको छ । ओलाङचुगोला केन्द्रविन्दुर भएर पटक*पटक भूकम्पको धक्काले स्थानीय त्रसित छन्। 

मंगलबार बिहान स्थानीयबासी उठेर आ*आफ्नो दैनिक कार्यमा लाग्दैगर्दा करिब ७ बजेर १७ मिनेटमा भूकम्प गएपछि स्थानीयबासी थप त्रसित बनेका हुन्।

मैवाखोला गाउँपालिका* साँघुका निर्मला लिम्बुले भूकम्पको कम्पन्नले आफूहरु त्रसित भएको सुनाए । कम्पन रोकिनसाथ आफन्तलाई फोन गरेर जानकारी लिएपछि मात्र मनले शान्ति पाएको अनुभव सुनाए। 

फक्ताङलुङ गाउँपालिका*६ लेलेपका मनमाया लिम्बू भूकम्प जाने समयमा घर नजिकै रहेको बाख्रा खोरमा बाख्रालाई दानापानी दिदै गरेको सुनाइन। 

‘एक्कासी जमिन हल्लिन थाल्यो, घर समेत हल्लिन थाल्यो । २०७२ वैशाख १२ गते आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पले आंशिकरुपमा क्षति गराएको घर एकासी हल्लीन थालेपछि आत्तितै भूकम्प आयो भन्दै चिच्याए’, उनले सुनाइन। 

यि त केही प्रतिनिधिपात्र हुन । ताप्लेजुङ जिल्लालगायत अन्य क्षेत्रहरुमा समेत भूकम्पले हल्लाएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।

केन्द्रका अनुसार भूकम्प आज बिहान ७ बजेर १७ मिनेटमा गएको हो। ताप्लेजुङको ओलाङचुगोला क्षेत्रमा भूकम्पको निकै धक्का दिएको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोलाका वडा अध्यक्ष छेतेन लामाले बताए । 

लामाले भने, ‘भूकम्पले घरहरु निकै हल्लायो तर यतै केन्द्रविन्दु भएपनि क्षति भने केही भएको भएको छैन।’ 

जिल्लाकै उच्च स्थानमा रहेको फक्ताङलुङ गाउँपालिका-७ याङमा गाउँमा समेत भूकम्पबाट क्षति नभएको वडाध्यक्ष लामाले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार जिल्लामा क्षतिको बिवरण नआएको बताए। उनले भने, ‘हाम्रो संयन्त्रमार्फत क्षतिको विवरण माग गरेका छौं तर अहिलेसम्म क्षतिको विबरण आएको छैन ।’ प्रहरीमार्फत पनि क्षतिको विवरण नआएको भट्टराईले जानकारी दिए। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका तथ्यांक अनुसार ताप्लेजुङको ओलाङचुगोला केन्द्रविन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ। ओलाङचुगोला केन्द्र बिन्दु भएर २०७७ माघ २७ गते बिहान ७ः३५ बजे ५.४ म्याग्निच्युड गएको थियो ।

त्यस्तै ओलाङचुगोला केन्द्र विन्दु भएर २०७९ बैशाख १२ गते साँझ ७ः१७ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही वर्षमै अर्थत २०७९ माघ ३० गते बिहान ४ः३० बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

प्रकाशित मिति: १३:४१ बजे, मंगलबार, मंसिर ८, २०८३