Kathmandu Press

खप्तड लघुवित्त वित्तीयकाे आइपिओ भाेलि आउँदै

काठमाडौं, भदाै ७ : खप्तड लघुवित्त वित्तीय संस्थाले भाेलि (भदौ ८ बुधबार) सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ ल्याउँदैछ।प्रतिकित्ता १००...
खप्तड लघुवित्त वित्तीयकाे आइपिओ भाेलि आउँदै

काठमाडौं, भदाै ७ : खप्तड लघुवित्त वित्तीय संस्थाले भाेलि (भदौ ८ बुधबार) सर्वसाधारणका लागि १ करोड ३२ लाख रुपैयाँ बराबरको आइपिओ ल्याउँदैछ।

प्रतिकित्ता १०० अंकित मूल्यका दरले १ लाख ३२ हजार कित्ता आइपिओ निष्कासन गरिने कम्पनीले जनाएकाे छ। यीमध्ये ६ हजार ६ सय कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र २ हजार कित्ता सेयर (०.५ प्रतिशत) कर्मचारीका लागि छुट्याइएको छ।

Hardik ivf

बाँकी १ लाख २३ हजार ४ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बताइएकाे छ। सर्वसाधारणले आइपिओका लागि भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ सय २० कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सि–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्। केयर रेटिङ नेपालले लघुवित्तलाई केयरएनपी इस्युअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको अधिकृत पुँजी १० करोड रुपैयाँ, जारी पुँजी ४ करोड रुपैयाँ हाल संस्थापकहरुबाट चुक्तापुँजी २ करोड ६८ लाख रुपैयाँ रहेको छ। आईपीओ निष्कासनपछि यो लघुवित्तको चुक्तापुँजी ४ करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति: १४:४६ बजे, मंगलबार, भदौ ७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्